लेखापरीक्षण |
---|
![]() |
लेखापरीक्षकले संस्थाको लेखापरीक्षण गरी वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको यथार्थ चित्रण गर्ने वा नगर्ने राय उल्लेख गरी दिएको प्रतिवेदनलाई लेखापरीक्षण प्रतिवेदन भनिन्छ । [१] यस प्रतिवेदनमा लेखापरीक्षकको आफ्नो राय व्यक्त गरी लेखापरीक्षक नियुक्त गर्ने व्यक्ति (शेयरधनी) तथा निकायलाई संस्थाको सञ्चालक समिती मार्फत पेश गर्दछ । लेखापरीक्षकले पेश गरेको प्रतिवेदनलाई वार्षिक साधारण सभामा छलफल गराई अनुमोदन गर्दछ ।
लेखापरीक्षण प्रतिवेदन निम्न प्रकारको हुन्छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लागु गरेको लेखापरीक्षण मान ७०० "सामान्य प्रयोजन वित्तीय विवरणमा स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन"[२] अनुसार लेखापरीक्षण प्रतिवेदनका निम्न लिखित अंगहरु हुन्छन् ।
स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन
हामीले <संस्थाको नाम> को यसै साथ संलग्न आषाढ मसान्त २०७० को वासलात, सोही मितिमा समाप्त वर्षको नाफा नोक्सान हिसाब, इक्वीटीमा भएको परिवर्तनको विवरण र नगद प्रवाह विवरण एवं प्रमुख लेखा नीतिहरु तथा लेखा सम्बन्धि टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं ।
वित्तीय विवरणहरु प्रति व्यवस्पानको दायित्व
नेपाल लेखामान अनुरुप यथार्थ र उचित चित्रण गर्ने वित्तीय विवरणशरु तयार एवं प्रस्तुत गर्ने जिम्मेवारी व्यवस्थापनमा रहेको छ । यी जिम्मेवारी अन्तर्गत चाहे जालसाजी वा गल्तीबाट होस, सारभुत किसिमले त्रुटीरहित, वित्तीय विवरण तयार गर्ने, आन्तरीक नियन्त्रण प्रणालीको तर्जुमा कार्यान्वयन र सञ्चालन गर्ने कार्य; लेखा नीतिहरूको छनौट तथा लागु गर्ने एंव परिस्थिति अनुसार लेखा सम्बन्धि महत्त्वपूर्ण अनुमान गर्ने पर्दछन् ।
लेखापरीक्षकको दायित्व
हाम्रो लेखापरीक्षणको आधारमा वित्तीय विवरणहरु उपर मन्तव्य व्यक्त गर्नु हाम्रो जिम्मेवारी हो । हामीले हाम्रो लेखापरीक्षण नेपाल लेखापरीक्षणमान बमोजिम सम्पन्न गर्यौ । यी मानले हामीलाई व्यावसायिक नैतिकताको पालना गर्ने तथा वित्तीय विवरणहरु सारभूत रूपमा त्रुटिरहित भएको बारेमा आश्वासन प्राप्त गर्न हामीलाई लेखापरीक्षणको योजना बनाउन र लेखापरीक्षण सम्पन्न गर्न अनिवार्य गराउछन् ।
लेखापरीक्षण अन्तर्गत वित्तीय विवरणमा उल्लेखित रकम र खुलासालाई पुष्टि गर्ने प्रमाण प्राप्त गर्ने सम्बन्धि सम्पादन कार्यविधि संलग्न हुन्छ । यसरी छनौट गरीएको कार्यविधि चाहे जालसाजी वा गल्तीबाट होस, सारभुत रूपमा त्रुटियुक्त प्रस्तुति हुन सक्ने जोखिमको लेखाजोखा सहित हाम्रो व्यावसायिक निर्णयमा आधारीत छ । त्यसरी जोखिमको लेखाजोखा गर्ने क्रममा, हामीले संस्थाको आन्तरिक नियन्त्रण उपर नै राय व्यक्त गर्ने उद्देशयले नभई, परिस्थिति अनुसार हाम्रो लेखापरीक्षण कार्यविधि तयार गर्दा, संस्थाले वित्तीय विवरण तयार एवं प्रस्तुति गर्ने क्रममा अवलम्वन गरेको आन्तरिक नियन्त्रण प्रणालीको विश्लेषण गरेका छौं । लेखापरीक्षणमा व्यवस्थापनद्वारा प्रयोगमा ल्याइएका लेखा सिद्धान्तहरु एवं गरिएको महत्त्वपूर्ण अनुमानहरूको उपयुक्ताको तथा मूल्यांकनका साथै समग्र वित्तीय विवरण प्रस्तुतिको लेखाजोखा समेत समावेश हुन्छ ।
हाम्रो लेखापरीक्षणले हाम्रो रायलाई पर्याप्त आधार प्रदान गर्ने कुरमा हामी विश्वस्त छौं ।
लेखापरीक्षकको राय हाम्रो रायमा, यस संस्थाको वित्तीय विवरणले आषाढ मसान्त २०७० को आर्थिक अवस्था तथा उक्त अवधिको नाफा र नगद प्रवाहको विवरण प्रचलित कानुनका अधिनमा रही लागु गर्न सकिने हदसम्म नेपाल लेखामान तथा लेखाको सर्वमान्त सिद्धान्त अनुसार तयार पारिएको छ तथा यी विवरणहरूले समुचित तथा यथार्थ चित्रण गर्दछ ।
लेखापरीक्षकको दस्तखत
मितीः २०७०।०८।१३
स्थानः काठमाडौँ, नेपाल