कुनै व्यक्तिले पहिचान नगर्ने लैङ्गिक शब्दबाट सम्बोधन गर्नुलाई लैङ्गिक दुस्बोधन भनिन्छ । लैङ्गिक दुस्बोधन भूलवस् वा जानीजानी हुन सक्छ । कुनै व्यक्तिले आफूलाई एउटा लैङ्गिक पहिचानबाट पहिचान गर्छ र कुनै लैङ्गिक शब्दावलीबाट सम्बोधन हुन रुचाउँछ र त्यस अनुरूप नीजलाई सम्बोधन नगरी अरु नै लैङ्गिक पहिचानको व्यक्तिको रूपमा सम्बोधन गर्नु लैङ्गिक दुस्बोधन हो । व्यक्तिको लैङ्गिक पहिचानसँग बाझिने वा प्रतिकूल हुने लैङ्गिक शब्दहरूबाट सम्बोधन गर्नु लैङ्गिक दुस्बोधन हो । [१] [२]