लोकप्रिया देवी | |
---|---|
![]() | |
जन्म | १८९८ काठमाडौ |
मृत्यु | 1960 (aged 61–62) नेपाल |
राष्ट्रियता | नेपाली |
आफन्त | लक्ष्मीप्रसाद देवकोटा (भाई) |
लोकप्रिया देवी (१८९८-१९६०) एक नेपाली कवियत्री थिईन्। [१] उनी नेपाली साहित्य, कला र राजनीतिको क्षेत्रमा योगदान पुर्याउने एक महिलाको रूपमा चिनिन्छन्। [२] [३] उनी कवि लक्ष्मीप्रसाद देवकोटाकी बहिनी हुन्। [४]
लोकप्रिया देवीको जन्म सन् १८९८ मा तिल माधव देवकोटा र अमर राज्य लक्ष्मी देवीको सन्तानको रूपमा डिल्लीबजार, काठमाडौँमा भएको थियो। [५] उनी लक्ष्मी प्रसाद देवकोटाकी बहिनी थिइन्। [४] [६]
१९०६मा आठ वर्षको उमेरमा, उनको विवाह लोकनाथ जोशीसँग भएको थियो। [५] उनीहरूका पाँच छोरा र तीन छोरीहरू थिए। [५] उनको नाम "लोक प्रिया" को अर्थ उनको श्रीमान को प्रिय यानी "लोकनाथको प्रिय" भन्ने हो। [६]
उनका भाइ देवकोटाले उनलाई कविता लेख्न प्रोत्साहन दिने गर्दथे र उनी लेखनाथ पौड्याल र चक्रपाणि चालिसेकी विद्यार्थी थिइन् । [५] प्रेम राजेश्वरी देवी, गोमा, देवकोटालगायत विभिन्न लेखकहरूले पनि उनका कृतिहरूको प्रशंसा गरेका छन्। [५]
उनले प्रायः शारदा पत्रिकामा आफ्ना कविताहरू प्रकाशित गर्ने गर्दथे। साथै उनले उद्योग, साहित्य श्रोत, र गोरखापत्रमा पनि गरेका थिए। [७] देवी एक अभियन्ता पनि थिइन्। उनले महिलाहरूलाई शिक्षा प्राप्त गर्न वकालत र प्रोत्साहन दिने गर्थिन्। [८] [९] सन् १९५३ मा उनले भानुभक्त आचार्यको लागि साक्षरता कार्यक्रम आयोजना गरेकी थिईन् । [५]
सन् १९८३ मा उनकी छोरी शशी रिमालले कवयित्री लोकप्रिया देवीका संग्रहित कविताहरू संकलन गरी प्रकाशित गरेका थिए। [५]
सन् २०१४ मा, उनलाई "नेपाली साहित्य, कला र राजनीति''को क्षेत्रमा योगदान पुर्याउने महिलाहरू मध्ये एकको रूपमा सम्मानित गरिएको थियो। [२][३]
सन् १९६० मा उनको मृत्यु भएको थियो।