वडा नम्बर ६ | |
---|---|
![]() वडा नम्बर ६ को प्रचारक तस्वीर | |
निर्देशक | उज्वल घिमीरे [१] |
लेखक | अभिमन्यु निरबी |
निर्माता | आमा सरस्वती मुभिज दीपा दीपक |
मुख्य कलाकार | दीपक राज गिरी प्रियंका कार्की दीपाश्री निरौला दयाहाङ राई केदार घिमीरे सिताराम कट्टेल जितु नेपाल |
सङ्गीत | सुगम पोखरेल |
प्रदर्शन मिति | २०७२ अशोज १ |
देश | नेपाल |
भाषा | नेपाली |
वडा नम्बर ६ गाऊँ घरको कथामा विशेष १० वर्षे माओवादीको जनयुद्धलाई आधार बनाएर लेखिएको एक नेपाली हाँस्य कथानक चलचित्र हो । यो चलचित्र उज्ज्वल घिमिरेको निर्देशन तथा अभिमन्यु निरबीको लेखनमा बनेको चलचित्र हो [२] यो चलचित्रमा दीपक राज गिरी, दीपाश्री निरौला, सिताराम कट्टेल,केदार घिमीरे,जितु नेपाल,दयाहाङ राई,प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ । यो चलचित्र अशोज १ गतेबाट प्रदर्शनमा आएको थियो ।[१]