वानिराको जन्म भारतको पश्चिम बङ्गाल राज्यको दार्जिलिङमा भएको थियो। उनको पिताको नाम इन्द्रराज गिरि र माताको नाम जानकीदेवी हो। आफ्नो परिवारको ६ जना सन्तानहरू मध्ये उनी सबैभन्दा कान्छी थिइन्। उनको वालयकालको नाम सत्यदेवी थियो। सात वर्को कलिलो उमेरमै उनकी आमाको देहान्त भएको थियो। उनले पिताको इक्षा अनुरूप विज्ञान विषय लिएर प्रवीणता प्रमाणपत्र तह पढेकी हुन्।[३]
मिति ९ मङ्सिर, २०६४ मा राष्ट्रिय नाचघर जमल काठमाडौँमा साझा प्रकाशनले आयोजना गरेको वृहत् पुस्तक प्रदर्शनीमा कवि दिनेश अधिकारीका साथमा वानिरा गिरि
चार वर्षर्कै उमेरदेखि नेपाली वर्णमाला पढ्न थालेकी वानिरा गिरीले आफ्नो प्रारम्भिक शिक्षा स्कट मिसन स्कुलबाट उत्तीर्ण गरेकी हुन्। ६ कक्षासम्मको अध्ययनपछि उनी सेन्ट जोसेफ स्कुलमा भर्ना भई सोही स्कुलबाट उनले वि.सं. २०१६ सालमा प्रवेशिका परीक्षा उत्तीर्ण गरिन्। स्नातक तहसम्मको अध्ययन गरिसकेपछि श्री ५ महेन्द्र छात्रवृत्ति पाएर उनी मानविकी विषय लिएर स्नातोकोत्तर पढ्न वि.सं. २०२२ सालमा काठमाडौँ आएकी थिइन्। उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तर र त्यसपछि विद्यावारिधी पुरा गरिन्। उनले आफ्नो मन पर्ने कवि गोपाल प्रसाद रिमालको काव्यहरूमाथि सोध गरि ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद’ लाई विद्यावारिधीको विषय बनाइन् जसले गर्दा उनी नेपाली साहित्यमा विद्यावारिधी गर्ने प्रथम नारी हुन सफल भइन्।[३][६]
काठमाडौँ आएपछि उनको परिचय शङ्कर गिरिसँग भयो र अन्तत: वि.सं. २०२३ सालमा गिरिसँग उनी वैवाहिक जीवनमा बाँधिन पुगिन्। यिनीहरूको एक छोरा अपूर्ण तथा एक छोरी अपराजिता छन्।[३]
वरिष्ठ साहित्यकार तथा लेखक डा वानिरा गिरिको निधन ७५ वर्षको उमेरमा वि.सं.२०७८ साल जेष्ठ ९ गते आइतबार राति १० बजे नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा भएको हो। झण्डै ३ वर्षदेखि अल्जाइमर्स रोगबाट ग्रसित वानीरालाई मृत्युको ३ साताअघि कोरोना पोजिटिभ देखिएको थियो।[७][८][९]