२०६१ सालको शाही घोषणा | |||||||
---|---|---|---|---|---|---|---|
माओवादी जनयुद्धको भाग | |||||||
| |||||||
योद्धा | |||||||
![]() |
![]() | ||||||
सेनापतिहरू | |||||||
![]() | शेरबहादुर देउवा |
२०६१ साल माघ १९ गते नेपालका राजा ज्ञानेन्द्रले नेपाली काङ्ग्रेसलाई सत्ताच्युत गरेपछि नेपालमा राजाकै नेतृत्वमा 'सैन्य शासन' सुरु भएको थियो।[१] मन्त्रिपरिषद् विघटन गरि आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए।[२] नेपालको जनआन्दोलन २०६३पछि राजाले पूर्णरूपमा सत्ता त्याग्न सहमत भएपछि वि.सं २०६३ मा संसद् पुनःस्थापना भएको थियो। भारत, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाले यस कदमको निन्दा गरेका थिए।[३]
वि.सं २०१७ पुस १ गते राजा महेन्द्रको नेतृत्वमा भएको नेपाल 'कू' पछि वि.सं २०४६ मा राजा वीरेन्द्रको शासनकालमा संवैधानिक राजतन्त्र नबनेसम्म नेपाल सरकार निरङ्कुश राजतन्त्रको रूपमा शासन गर्दै आएको थियो।[४] राजा वीरेन्द्र, रानी ऐश्वर्य र युवराज दीपेन्द्रसहित राजपरिवारका १० सदस्यहरूको हत्या भएपछि राजा ज्ञानेन्द्र सत्तामा आएका थिए।[४] राजा ज्ञानेन्द्रले यसअघि वि.सं २०५८ देखि तीन वटा सरकारलाई बर्खास्त गरेका थिए।[५] माओवादीले नेतृत्व गरेको नेपाली गृहयुद्ध जारी थियो र ११,००० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको थियो। नेपालमा वि.सं २०५८ देखि संसद् विघटन गरिएको थियो[६] जसका कारण ज्ञानेन्द्रको लोकप्रियता खस्केको थियो।[४]
२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले सङ्कटकाल घोषणा गर्दै र नेपालको संसद विघटन गरेका थिए।[६][७][८] संसदका सदस्यहरूलाई नजरबन्दमा राखिएको थियो, प्रमुख संवैधानिक अधिकारहरू निलम्बित गरिएको थियो र सैन्य शासन अन्तर्गत पूर्ण बन्देज लागू गरिएको थियो र सञ्चार कटौती गरिएको थियो।[५][९]
भारत, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिकाले यस कदमको निन्दा गरेका थिए। राजाको शासन एक वर्ष भन्दा बढी समयसम्म चलेको थियो। २०६३ वैशाख ११ मा, राजाले पूर्ण शक्ति त्याग्न र लोकतन्त्र आन्दोलन पछि विघटित प्रतिनिधि सभालाई पुनर्स्थापित गर्न सहमत भएका थिए।[१०][११]