विरोचन हिन्दु पौराणिक मिथकीय कथामा हिरण्यकश्यपुका नाति , प्रह्लाद का पुत्र र बलि राजाका पिता थिए। अथर्ववेदमा उनलाई प्रह्लादका पुत्रका रूपमा प्रस्तुत गरिएको छ [१] । छान्दोग्य उपनिषद् अनुसार, उनी र इन्द्र आत्मनको बारेमा जान्न बुझ्न प्रजापतिको अगाडि गएका थिए र त्यहाँ ब्रह्मचर्य धर्मको पालना गर्दै बत्तीस वर्ष बसेका थिए ।[२]
तर अन्तमा विरोचनले प्रजापतिको शिक्षालाई गलत बुझे र असुर को आत्मनको साटो शरीर को पुजा गर्ने शिक्षा दिन थाले ।[३] यहि कारणले असुरहरु मृतक शरीरलाई सुगंध, माला तथा आभूषणले सुसज्जित गर्थे।[४]
विरोचन देवताहरुको साथ भएको युद्धमा वीरगतिको प्राप्त भए ।
पुर्वाधिकारी प्रह्लाद |
दैत्य |
उत्तराधिकारी बलि राजा |