व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | विशाल राई | ||
जन्म मिति | ६ जुन १९९३ | ||
जन्म स्थान | झापा, Nepal[१] | ||
उचाइ | ५ फिट ७ इन्च (१.७० मी) | ||
खेल्ने स्थान(हरू) | मीडफिल्डर | ||
क्लब जानकारी | |||
वर्तमान टोली | मनाङ-मर्स्याङ्दि क्लब | ||
युवा करियर | |||
एन्फा एकेडेमी | |||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००८-२०१४ | मछिन्द्र फुटबल क्लब | ||
२०१० | → सरस्वती युथ क्लब (लोन) | ||
२०१४– | मनाङ-मर्स्याङ्दि क्लब | ||
अन्तर्राष्ट्रिय करियर‡ | |||
नेपाल यु-१६ | |||
नेपाल यु-१९ | |||
२०१४– | नेपाल | ८ | (३) |
*क्लब घरेलु लिग उपस्थिति र गोल ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ४ अप्रिल २०१७ |
विशाल राई (जन्म ६ जुन १९९३,झापा) एक नेपाली राष्ट्रिय फुटबल खेलाडी हुन् । उनी हाल नेपालको मनाङ मर्स्याङ्दि फुटबल क्लबबाट क्लब फुटबल खेल्ने गर्दछन् ।
विशाल राई एन्फा एकेडेमीको उत्पादन हुन्, पछि उनी मछ्न्द्र क्लमा आबद्ध भएका थिए । उनी सन् २००८ मा उक्त क्लब गएका थिए । उनी मछिन्द्र क्लबबाट लगभग चार वर्ष सम्म खेलिसकेपछि सरस्वती क्लमा आबद्ध भएका थिए,सरस्वती क्लबमा पनि उनले दुई सिजन खेलेका थिए ।[१]२०१४ पछि भने विशाल राई मनाङ मर्स्याङ्दि क्लबबाट खेल्ने गर्दछन् ।
विशाल राई नेपाली यु-१४,१६,१९ टिमका समेत महत्त्वपूर्ण सदस्य थिए।[१]यस्तै राई २०१४ मानै नेपाली राष्ट्रिय टिममा परेता पनि उनले नेपालका निम्ति पहिलो खेल ३१ अगस्ट २०१४ का दिन भारत विरूद्व खेलेका थिए[२] । विशाल राईले माल्दिभ्स विरूद्व १९ जनवरी २०१६,२०१६ बंगबन्धु गोल्डकपमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । जुन खेलमा नेपाल ४-१ गोल अन्तरले विजयी भएको थियो ।[३]
गोल अंक | मिति | स्थान | विपक्ष | स्थिति | नतिजा | प्रतियोगिता |
---|---|---|---|---|---|---|
१. | १९ जनवरी २०१६ | बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका, बङ्गलादेश | माल्दिभ्स | २–० | ४-१ | २०१६ बंगबन्धु गोल्डकप |
२. | २९ मार्च २०१६ | न्यु लाओस रंगशाला, भीयतनीया, लाओस | लाओस | १'–0 | १-१ | मैत्रीपूर्ण खेल |
३. | २८ मार्च २०१७ | टाइप रंगशाला, टाइपाई, चाइनिज टाइपाई | फिलिपिन्स | १–३ | १-४ | २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण |