आयुर्वेद वा अन्य परम्परागत चिकित्सा पद्धतिको अभ्यास गर्ने चिकित्सकहरू लाई वैद्य वा कविराज भनिन्छ। 'वैद्य' को शाब्दिक अर्थ 'ज्ञान भएको व्यक्ति' हो। आधुनिक 'डाक्टर' यसको पर्यायवाची हो। अधिक अनुभवी वैद्यलाई 'कविराज' भनिन्छ। भारतीय उपमहाद्वीपमा निजि वैद्य राख्ने गरिन्थ्यो जसलाई "राजवैद्य " भनिन्थ्यो।
चरकसंहितामा दुई प्रकारका वैद्यहरू उल्लेख गरिएको छ - (१) प्राणाभिसार वैद्य, र (२) रोगभिसार वैद्य (चरकसंहिता अध्याय २९, धारा ५ )।
ठीक प्रकारले शास्त्र पढेको, ठीक प्रकारले शास्त्रको अर्थ बुझेको, छेदन स्नेहन आदीन कर्म देखेको तथा स्वयं आफैले गरेको, भित्र र बाहिर पवित्र (राज-तम रहित), शूर (विषादी रहित ), अग्रोपहरणीय अध्यायम वर्णित सर-सामान सहित, प्रत्युत्पन्नमति (उत्कृष्ट प्रतिभा-बुद्धि भएको), बुद्धिमान, व्यवसायी (उत्साहसम्पन्न), विशारद (पण्डित), सत्यनिष्ट, धर्मपरायण - यी सबै वैद्यका विशेषता हुन्।