शेरधन राई | |||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
कोशी प्रदेशको मुख्यमन्त्री | |||||||||||||||||
कार्यकाल २०७४ फागुन २ – २०७८ भाद्र १० | |||||||||||||||||
पूर्वाधिकारी | कार्यालय स्थापना | ||||||||||||||||
उतराधिकारी | भीम आचार्य | ||||||||||||||||
| |||||||||||||||||
| |||||||||||||||||
व्यक्तिगत विवरण | |||||||||||||||||
जन्म | २३ फेब्रुअरी १९७१ पसल भञ्ज्याङ भोजपुर, नेपाल | ||||||||||||||||
राष्ट्रियता | नेपाली | ||||||||||||||||
राजनीतिक दल | नेपाल कम्युनिष्ट पार्टी | ||||||||||||||||
जीवन साथी | जङ्मु एन शेर्पा | ||||||||||||||||
जीवनवृति | राजनीतिज्ञ | ||||||||||||||||
वेबसाइट | ocmcm | ||||||||||||||||
शेरधन राई नेपालका राजनीतिज्ञ हुन्। हाल यिनी कोशी प्रदेश को मुख्यमन्त्री छन्। भोजपुर क्षेत्र नं १ (ख) बाट प्रदेश सभामा निर्वाचित यिनी २०७४ माघ २ गते १ नं प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका हुन्। [१]
राईको जन्म वि.सं. २०२७ साल फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका–३, थिदिङ्खाको पसलभन्ज्याङ्गमा भएको हो । पिता जागीरमान राई र माता राम्रीमाया राईको पहिलो सन्तानका रूपमा जन्मिएका राईले समाजशास्त्रमा एम.ए. सम्मको शिक्षा हासिल गरेका छन्। मध्यम वर्गीय परिवारमा जन्मिएका राई एक ईमान्दार सालिन व्यक्तित्व मान्छिन् ।[२] समाजशास्त्रमा स्नातकोत्तर गरेका राई २०४४ सालमा राजनीतिक क्षेत्रमा प्रवेश गरेका हुन् । राईले तीन वर्ष भूमिगत जीवन बिताएका थिए ।
२०५६ सालमा २५ वर्षको उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका राई अहिले प्रदेश एक का मुख्यमन्त्री हुनुहुन्छ । २०४४ सालदेखि अनेरास्ववियू मार्फत क्रियाशिल भएर भोजपुर जिल्ला कमिटी अध्यक्ष र २ कार्यकाल अनेरास्ववियू केन्द्रीय कमिटी सदस्य बनेका राई २०५०–२०५४ सम्म अनेरास्ववियूको पूर्वाञ्चल प्रमुख बन्नुभयो । उहाँ नेकपा एमाले भोजपुरको प्रमुख पदमा ४ कार्यकाल निर्विरोध रूपमा निर्वाचित हुनुभएको थेयो । राईले २०४४ सालमा तीन वर्ष भूमिगत जीवन बिताउनु भएको छ ।[३] २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बनेका थिए । दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएर काम गरे । दोस्रो संविधानसभा सदस्य भएकै बेला राई पहिलो पटक मन्त्री बने ।[४]