श्रीकृष्ण श्रेष्ठ | |
---|---|
![]() | |
जन्म | २९ डिसेम्बर १९७० २०२७ पुस १४ |
मृत्यु | अगस्ट १०, २०१४ भारत | (२०७१ साउन २५)
पेशा | अभिनेता, निर्माता, होटल व्यवसायी |
जीवनसाथी | श्वेता खड्का |
श्री कृष्ण श्रेष्ठ (२०२७ पुस १४-२०७१ साउन २५) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता तथा चलचित्र निर्माता थिएँ। उनले आफन्त, आफ्नो मान्छे, सुख दुख, ए मेरो हजुर, हामी तिन भाइ, पाहुना, कहाँ भेटिएला, कोहिनुर आदि चलचित्रमा मुख्य अभिनय गरेका थिएँ। हनिमुन मनाउन भारत गएका बेला उतै प्रारम्भिक रूपमा निमोनियाले ग्रस्त भनिएपनि उनको निधन हाडको क्यान्सरले भएको हो भन्ने बताइन्छ।
श्रेष्ठले भुमरीबाट अभिनयमा डेब्यु गरेका थिएँ जुन बक्स अफिसमा सफल भएको थियो। त्यसयता उनले माइती, वार पिपल आफ्नो मान्छे, गोर्खाली, ए मेरो हजुर, उपकार, सुख दुख र कीर्तिमान तोड्ने अल टाइम ब्लकबस्टर, हमी तिन भाइ, कहा भेटिएला र कोहिनूर जस्ता व्यावसायिक रूपमा सफल चलचित्रमा अभिनय गरेका थिएँँ। उनी पछिका दुई फिल्मका निर्माता पनि थिएँँ।
श्रेष्ठले नायिका श्वेता खड्कासँग २०७१ साल असार २३ (सन् ७ जुलाई २०१४) गतेका दिन लगन गाँठो गाँसेका थिएँ।[१] उनले निर्माण गरेको नेपाली चलचित्र ‘कहा भेटिएला’ बाट फिल्ममा डेब्यु गर्दा उनीहरूको भेट भएको थियो।
श्रेष्ठ र उनकी श्रीमती श्वेता खड्का विवाहपछि भारत गएका थिएँँ, जहाँ उनको स्वास्थ्य बिग्रन थालेको थियो। उनलाई निमोनिया र हड्डीको क्यान्सर भएको पत्ता लागेको थियो। उनको ४७ वर्षको उमेरमा सर गङ्गाराम अस्पताल, नयाँ दिल्लीमा,[२][३] सन् १० अगस्त २०१४ मा स्थानीय समय अनुसार बिहान ५ बजे मृत्यु भएको थियो।[४][५][६] काठमाडौँमा भएको अन्त्येष्टिमा हजारौं मानिसको सहभागिता रहेको थियो। उनलाई नेपाल सरकारले राष्ट्रिय सम्मान प्रदान गरेको थियो। उहाँप्रति नेपालका प्रधानमन्त्रीलगायत नेपालका धेरै व्यक्तित्वहरूले गहिरो समवेदना व्यक्त गरेका थिएँँ।[७]
उनले विसं २०४५ सालदेखि अभिनय यात्रा सुरू गरे। ‘भूमरी’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले ‘नाता’ चलचित्रबाट नायकको रूपमा अभिनय यात्रा अघि बढाए। उनको अन्तिम चलचित्र कोहिनुर हो।
वर्ष | सिनेमा | भूमिका | नोट्स |
---|---|---|---|
१९८९ | भुमरी | ||
१९९२ | कसम | ||
१९९४ | झझल्को | ||
ट्रक ड्राइभर | |||
१९९५ | जाली रुमाल | ||
राजमति | |||
१९९६ | गरिब | ||
निर्मया | |||
गोठालो | |||
१९९७ | गुरु चेला | ||
१९९९ | आफन्त | ||
२००० | बर पिपल | ||
गोर्खाली | |||
२००१ | मैती | ||
धर्ती | |||
एस्तै हुन्छ पिरती | |||
आफ्नो मान्छे | |||
२००२ | उनको सम्झनामा | ||
सुख दुख | अबिसेक | ||
ए मेरो हजुर | अबिसेक | ||
२००४ | हामी तिन भइ | ||
जीवन रेखा | |||
२००५ | प्रेम युद्ध | ||
अजम्बरी नाता | आकाश | ||
पाहुना | |||
२००६ | भरोसा | ||
२००७ | नाता रगतको | प्रितम ठाकुर | |
२००८ | कहाँ भेटिएला | अभिसेख | |
२०१० | राम बलराम | राम | |
२०११ | हाम्रो माया जुनी जुनी लाई | देव | |
श्रीमान श्रीमती | राजेश | ||
२०१३ | सुभकामना | ||
२०१४ | कोहिनूर | अभिसेख खरेल (बाबु) | अन्तिम सिनेमा |
<ref>
चिनो; :002
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन