श्रीमान गम्भीर नेपाली | |
नेपालको पूर्व राष्ट्रिय गान | |
लेखक | चक्रपाणि चालिसे, वि.सं १९८० |
---|---|
सङ्गीत | बखतबहादुर बुढापिर्थी, वि.सं १९५५ |
लागू | वि.सं २०१८ |
निलम्बन | वि.संं २०६२ |
सङ्गीत नमूना | |
श्रीमान् गम्भिर नेपाली नेपालको पुरानो राष्ट्रिय गान हो। राष्ट्रगानको रूपमा वि.सं २०१८ देखि अपनाइएको यो गीत तत्कालिन नेपालको राजा र राष्ट्रको निम्ति समर्पित थियो।[१]
श्रीमान् गम्भीर नेपालीको शब्द रचना चक्रपाणि चालिसेले सन् १९२४ मा गरेका थिए। तर यो एक सैनिक परेडको सङ्गीतको रूपमा तत्कालिन 'शाही नेपाली सेना' ले पहिले देखि नै प्रयोग गरेको धुन थियो। यसको सङ्गीतको रचना वि.सं १९५५ मा सेनाको साङ्गीतिक समूहका बखतबहादुर बुढापिर्थीले गरेका थिए। वि.सं २०६५ सालमा नेपाल गणतन्त्र घोषणा भएपछि यो राष्ट्रगान निलम्बित गरिएको थियो।
हालको राष्ट्रगान सयौं थुँगा फूलका हामी एउटै माला नेपाली तयार भएपछि यसलाई राष्ट्रिय गानबाट हटाई नयाँ राष्ट्रिय गान लागू गरिएको हो।[२]
यस गीतमा पहिले कायम भएका २ वटा परिच्छेद मध्ये पछिल्लो परिच्छेद हटाइएको थियो। जुन यस प्रकार थियो।