संयुक्त राष्ट्रसंघको बडापत्रको पाँचौँ अध्यायमा संयुक्त राष्ट्र सुरक्षा परिषद् स्थापना गर्ने प्रावधान छ।
धारा २३ ले [१] पाँच स्थायी सदस्यहरू ( चीन गणतन्त्र, ( हालमा जन गणतन्त्र चीन ), फ्रान्स, सोभियत संघ, संयुक्त अधिराज्य, र संयुक्त राज्य अमेरिका ) र महासभाबाट निर्वाचित १० अस्थायी सदस्यहरुको १५ सदस्यीय सुरक्षा परिषदको निर्माण गर्छ । अस्थायी सदस्यहरूले दुई वर्ष कार्यकालको लागि निर्वाचित हुन्छन् र तुरून्त पुनः निर्वाचित हुन सक्दैन।यी अस्थायी सदस्यहरूको छनौट प्रक्रियामा यस सन्धिले "महासभाले राष्ट्रसंघका सदस्यमध्येबाट १० जनालाई सुरक्षा परिषद्को सदस्य छान्नेछ । यसरी छान्दा प्रथमत: अन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्न तथा संघका अरू उद्देश्य पूरा गर्न संयुक्त राष्ट्रका सदस्यहरूले दिएको योगदान बारे विशेष रूपले, र न्यायसङ्गत भौगोलिक वितरण बारे पनि समुचित ध्यान दिन। "आह्वान गर्दछ।
धारा २४ अनुसार "संयुक्त राष्ट्रसंघबाट छिटो र प्रभावकारी कारवाई गराउन यसका सदस्यहरूले अन्तर्राष्ट्रिय शान्ति सुरक्षाकायम राख्न सुरक्षा-परिषद्लाई प्राथमिक उत्तदायित्त्व दिएका छन् तथा यस उत्तरदायित्त्व अन्तर्गत आफ्नो कर्तव्य पालन गर्दा सुरक्षा-परिषद्ले तिनीहरूको निमित्त काम गर्छ भन्ने कुरामा सहमत छन्।"
धारा २५ अनुसार "संयुक्त राष्ट्रका सदस्यहरू वर्तमान बडापत्र अनुसार सुरक्षा परिषद्को निर्णय स्वीकार गर्न र पालन गर्न सहमत छन्।", यो जुन कुनै देशले आफ्नो क्षेत्राधिकार स्वीकार गरेपछि विश्व अदालतको निर्णयहरू बाहेक अन्य कुनै पनि संयुक्त राष्ट्रसंघीय निकायको निर्णयको सम्बन्धमा लागू हुँदैन भन्ने जनादेश हो ।
धारा २६ ले निसस्त्रीकरण सम्बन्धी विचारको समर्थन गर्छ:
धारा २७ ले सुरक्षा परिषदको मतदान प्रक्रिया तोकेको छ। कार्यपद्धति सम्बन्धी विषयमा सुरक्षा परिषद्का निर्णय सबै पाँच स्थायी सदस्यहरू सहित ९ सदस्यको एक सकारात्मक मतले गरिनेछ।
मूलतः, संयुक्त राष्ट्र सुरक्षा परिषद्का ११ सदस्यहरू थिए, जसमा निर्णयको लागि पाँच स्थायी सदस्य सहित ७ सात जनाको सहमति आवश्यक हुन्थ्यो। १९६५मा यस संस्थाको सदस्यता बढ्दै जाँदा , बडापत्रलाई संशोधन गरि सुरक्षा परिषदको सदस्य १५ सदस्यमा विस्तार गरियो, जसमा निर्णय गर्न पाँच स्थायी सदस्य सहित ९ जनाको सहमति आवश्यक हुन्थ्यो।