संयुक्त वाम मोर्चा नेपालका साम्यवादी दलहरूको संयुक्त मोर्चा थियो। २०५९ असोज १७ मा देशमा राजा विरुद्ध परिचालन गर्ने उद्देश्यले यसको स्थापना भएको थियो।
मोर्चाका संस्थापक घटकहरू निम्न थिए:
नेकपा (मालेमा) र नेमकिपा (मालेमा) बीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी-माओवादी केन्द्र)बनेको थियो। नेकपा (माओवादी) र नेकपा (संयुक्त) बीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (संयुक्त मार्क्सवादी) बनेको छ। यसैले, २०६३ मा नयाँ बनेको थियो जुन निम्न छन्:
मोर्चा सात दलीय गठबन्धनमा सामेल भएको थियो र नेपालको जनआन्दोलन २०६३ भाग लिएको थियो। २०६३ वैशाख १५ मा, अन्तरिम संसद् गठन हुँदा यो नेकपा (माले)का सिपी मैनाली, नेकपा (संयुक्त मार्क्सवादी)का गणेश शाह र नेकपा (मालेमा केन्द्र)का नन्दकुमार प्रसाईँलाई मनोनीत गरेको थियो ।
वि.सं २०६३ मै यसका सबै घटकहरूले विभाजनको तिर्फ मोडिएका थिए जसले गर्दा संयुक्त वाम मोर्चाको विघटन हुन पुगेको थियो। नेकपा (माले) र नेकपा (मालेमा केन्द्र)को विभाजन भई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) बनेको थियो। गणेश शाहले छुट्टै नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)को स्थापना गरेपछि नेकपा (संयुक्त मार्क्सवादी) विभाजन भएको थियो। नेकपा (संयुक्त मार्क्सवादी) र नेकपा (एकीकृत)ले एउटा वाम मोर्चा गठन गरेका थिए र बाँकी मूल संयुक्त वाम मोर्चाले उनीहरूलाई कायम राखेको थियो। २०६४ भदौमा, नेकपा (मालेमा केन्द्र) नेपाल कम्युनिस्ट पार्टी (माओवादी)मा विलय भएको थियो।