सब्रिना सेतलुर | |
---|---|
![]() सन् २०१७ मा सेतलुर | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | सब्रिना सेतलुर |
जन्म | [१] फ्र्याङ्कफर्ट, हेस्न्, जर्मनी | १० जनवरी १९७४
विधा | हिप-हिप, पप र्याप |
पेशा | र्यापर, गीतकार, अभिनेत्री |
सक्रिय वर्ष | सन् १९९३–हाल |
लेबल | थ्रिपी/इन्टरग्रुभ |
सहयोगी | ग्लासहाउस, सेबास्टिएन हेमर, जेभिभर नायडु, रोदेलहाम हात्राइम प्रोजेक्ट, मोजेस पेलहेम |
वेबसाइट | sabrinasetlur |
सब्रिना सेतलुर (जर्मनेली: Sabrina Setlur) (जन्म:१० जनवरी १९७४), एक जर्मनेली र्यापर , गीतकार तथा अभिनेत्री हुन्। उनको पहिलो प्रस्तुति सन् १९९५ मा थ्रिपी रेकर्ड्स कार्यकारी तथा सल्लाहकार "मोजेस पेलहेम"को मार्गदर्शनमा रहेको थियो। उनी उनको व्यवसायीक रूपमा सफल भएको एकल गीत "जा क्लार" का निर्माता पनि हुन्।[२] सन् १९९७ मा उनको एक उत्कृष्ट एकल गीत "डु लिब्स्ट मिख निच्ट"को सार्वजनिक सँगै, विभिन्न रेकर्ड कम्पनीहरूले उनको स्थानलाई जर्मनीको सबैभन्दा चर्चित तथा सबैभन्दा बढी बिक्री हुने महिला र्याप प्रस्तुति को रूपमा स्थापित गरेको थियो।[३] जर्मनेली एकल चार्टमा शीर्ष स्थानमा पर्न सफल प्रस्तुतिमा उनको र्याप गीत पनि परेको छ जुन इतिहासमै पहिलो पटक जर्मनेली चार्टमा शीर्ष स्थानमा पुगेको र्याप गीत पनि हो।
सब्रिना सेतलुर हाल सम्म तीन पटक इको पुरस्कार जित्ने एक मात्र कलाकार हुन् र उनले तीनै पटक "उत्कृष्ट राष्ट्रिय महिला कलाकार" को तर्फबाट पुरस्कार जितेकी थिइन्। उनको सन् १९९५ देखि २००७ सम्म उनका गिती सङ्गालो तथा एकल गीतहरू २० लाख भन्दा बढी बिक्री भएका छन् भने जर्मनेली भाषामा र्याप गीत गाउने उनी एक सफल कलाकार समेत हुन्।[३][४] सन् २००७ यता उनले हालसम्म कुनै पनि गिती सङ्गालोको प्रस्तुत गरेकी छैनन्।
सेतलुरको जन्म १० जनवरी १९७४ मा जर्मनीको फ्र्याङ्कफर्टको हेस्न् भन्ने ठाउँमा भएको थियो।[५] उनका आमा बुबा भारतीय मूलका थिए। उनी र उनी भन्दा चार वर्षले कान्छी बहिनी इभन मुख्यतया बाद जोड्न् आम टाउनुसमा हुर्किएका थिए जहाँ सेतलुरको उच्च माध्यमिक विद्यालय वर्षमा भविष्यका रोदेलहाम हात्राइम प्रोजेक्टका सदस्य थोमस होफम्यान र मोजेस पेलहेमसँग परिचित भएकी थिइन्।[६] सन् १९९३ मा, डाक्टर ड्रिको "नुथिङ बट अ जि थाङ" नामक गीतको प्रदर्शन पछि होफम्यान र पेल्हामले उनलाई प्रारम्भिक रोदेलहाम हात्राइम प्रोजेक्टको श्रव्य "वेन इस निच्स हाट इस्ट" मा स्वर योगदान गर्न आग्रह गरेका थिए।[६] उनले पहिले कहिल्यै र्याप नगाएका कारण उनी हिचकिचाएकी थिइन् तर छिट्टै नै उनले रेकर्डिङ स्टुडियोमा उनीहरूको निमन्त्रणालाई स्वीकार गरेकी थिइन्। [७] उनको प्रतिभाबाट प्रभावित भएर पेल्हामले उनलाई पेल्हम पावर प्रोडक्रन्ससँग रेकर्ड सम्झौता प्रस्ताव गरेका थिए[७] र फलस्वरूप सेतलुरले व्यवसाय प्रशासन पढ्न छोडि र त्यसको सट्टा थ्रिपी रेकर्डसँग सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[७]
सन् १९९५ मा सेतलुरले मोस पेल्हमद्वारा उत्पादित जर्मनेली भाषाको एकल गीत "हियर कोम्त दि स्वेस्टर / पास आउ" जारी गरेकी थिइन् जसको नाम स्वेस्टर एस राखिएको थियो। [८] उनको व्यवसायीक रूपमा सफल गीत "जा क्लार" उनको पहिलो गिती सङ्गालो एसइस्ट जोबाइटमा सङ्ग्रहित थियो जसलाई सन् १९९५ को फेब्रुअरीमा जारी गरिएको थियो।[९][१०] सार्वजनिक भए लगत्तै उक्त र्याप गीत जर्मनेली चार्टको शीर्ष स्थानमा पुग्न सफल भएको थियो।[८] सन् १९९६ मा उनले "सर्वश्रेष्ठ महिला कलाकार" को रूपमा "इको पुरस्कार" हात पारेकी थिइन् भने यसका अतिरिक्त, उनले रेडियो स्टेशन एचआर थ्रीमा मा उनको आफ्नै हिप हप प्रसारण सुरु गरेकी थिइन्। [९][१०]
सन् १९९७ मा, थ्रिपी रेकर्डको अचानक प्रमुख लेबल परिवर्तन पछि सेतलुरले उनको दोस्रो गिती सङ्गालो डि नोयो एस क्लास जारी गरेकी थिइन् जुन सोही वर्षको फेब्रुअरीमा उनको जन्मको नाममा आधारित थियो।[१०] जारी गरिएको केही समय लगत्तै उक्त गिती सङ्गालो जर्मनेली गिती सङ्गालो चार्टको शीर्ष १० भित्र प्रवेश गरेको थियो र सेतलुरको पहिलो र केवल एक मात्र शीर्ष स्थानमा पुग्न सफल गीत "डु लिब्स्ट मिख निच्ट" यही गिती सङ्गालोमा समावेश छ।[११] यसको बिक्रीले उनलाई अर्को इको र सन् १९९८ मा "सर्वश्रेष्ठ महिला कलाकार" का लागि कमेट पुरस्कार दिलाउन सक्षम रहेको थियो। यो गिती सङ्गालोले उत्कृष्ट व्यापार गर्न सफल रहेको थियो।[१२] यसै बीचमा सेतलुर फेथलेसको गीत '"ब्रिङ माई फेमिली ब्याक" र त्यसपछि नयाँ उदाउँदा कलाकार जेभियर नायडुको "फाइजाइन" नामक एकल गीतमा चित्रित भएकी थिइन्।[१३]
सन् १९९९ मा सेतलुरको तेस्रो एल्बम "आउस देर जिस्ट उन्ड मित दिन वर्ट्न भन"... ले जर्मनेली गिती सङ्गालो चार्टमा ३अौँ स्थानमा पुगेको थियो र यसले आफ्नो पूर्ववर्तीहरूको सफलतालाई पछि पार्न सफल भएको थियो। तथापि, यसमा समाविष्ट एकलहरूले अघिल्ला उपलब्धिहरूसँग जुध्न भने सकेका थिएनन्। यस गिती सङ्गालोको बिक्रीले सेतलुरलाई सन् २००० मा "सर्वश्रेष्ठ महिला कलाकार" का लागि तेस्रो इको प्रदान गर्न सक्षम रहेको थियो।[१४]
सेतलुरले उनको धेरै सञ्चार माध्यमहरूमा चर्चा गरिएको अनुभवहरूसँग उनको चौथो स्टुडियो एल्बम साब्सको निर्माणमा गरेकी थिइन्।[१५][१६] नोभेम्बर २००३ मा जारी गरिएको, सिडीले अधिकांश व्यवसायीक सङ्गीत समालोचकहरूको एक मिश्रित प्रतिक्रिया प्राप्त गरेको थियो।[१७] लाउतले यसलाई पुरातन तर राम्रो र्याप गिती सङ्गालोको रूपमा वर्णन गरेको थियो भने सिडी स्टार्ट्सले यसलाई उनको पुनरागमनको संज्ञा दिएको थियो। [१८][१९] जर्मनीमा प्रख्यात बनेका युवा समूह ओभरग्राउन्ड र युवती समूह प्रिलुडर्सको सृजना गरेको जर्मनेली वास्तविक दूरदर्शन शृङ्खला पपस्टार्स - दास डुएलको तेस्रो संस्करणमा सेतलुको संलग्नताबाट यसको व्यक्तिगत प्रचार गरिएको थियो भने यस गिती सङ्गालोले लिब लगायत चार मध्यम सफल हुन सफल एकलहरूको सृजना गरेको थियो जसलाई ग्लाहाउस र लेबलमेट फ्रान्जिसकासँगको सहकार्यमा निर्मित गरिएको थियो। सेटलुरले इस्तानबुलमा भएको सन् २००४ को युरोभिजन गीत प्रतियोगिताका लागि प्रतिस्पर्धा गरेकी थिइन्। धेरै हप्ता प्रचार प्रसार पछि, सेतलुर १९ मार्च २००४ मा गिती सङ्गालोको दोस्रो एकलको साथ प्रतिस्पर्धामा प्रवेश गरेकी थिइन् र सञ्चार माध्यमद्वारा मनपर्ने कलाकारको रूपमा मानिएता पनि, सेतलुर शीर्ष ५ मा आफ्नो स्थान सुरक्षित गर्न भन् चुकेकी थिइन्। [२०] सन् २००५ को सुरुवात तिर उनले १० याहर सब्रिना सेतलुर नामक सङ्कलको एक उत्कृष्ट प्रकाशन जारी गरेकी थिइन्। सङ्कलन गरिएको गिती सङ्गालोमा उनका सबै एकल (त्यस समयमा पन्ध्र सम्म) समावेश थिए जसमा इख बिन रउस (एस इस्ट जोबाइट) र ओहन रोत (आउस देर जिस्ट उन्ड मित दिन वर्ट्न भन...) पर्दछन् तर यसमा कुनैपनि नयाँ सामग्रीहरू समावेश थिएन। "मे हर्ज" नामक गीत यस गिती सङ्गालोलाई प्रवर्द्धन गर्नका लागि एकल गीतको रूपमा प्रयोग भएको थियो। [२१] एक साङ्गीतिक विश्राम पछि, उनले २४ अगस्ट २००७ मा, उनको आफ्नो पाँचौँ गिती सङ्गालो रोत जारी गरेकी थिइन्। यस गिती सङ्गालोम समावेश पहिलो गीत "लउता" ३ अगस्ट २००७ मा जारी गरिएको थियो जसलाई विभिन्न तीनवटा संस्करणहरूका साथ सार्वजनिक गरिएको थियो। दोस्रो एकल गीत Ich denke, ichag das लाई अङ्ग्रेजी, फ्रान्सेली र जर्मनेली संस्करणहरूका साथ जारी गरिएको थियो। सकारात्मक प्रतिक्रियाको बाबजुद यस गिती सङ्गालोले खासै सफलता भने प्राप्त गर्न भने असमर्थ रहेको थियो। फलस्वरूप, त्यसपछि कुनैपनि गीत जारी भएका थिएनन्। फेब्रुअरी / मार्च २००८ मा, घोषण गरिएको भ्रमणलाई पनि रद्द गरिएको थियो।[२२]
केही महिना पछि पत्रकारहरूले सब्रिना, टेनिस खेलाडी बोरिस बेकरसँग उनको सम्बन्ध रहेको खुलासा गरेका थिए जसले गर्दा उनी प्रमुख समाचारमा छाएकी थिइन्। सेतलुरलाई खानपानसँग सम्बन्धित एक रोग लागेको विवादास्पद हल्लाको कारण पत्रिका र सञ्चार माध्यमहरूमा उनको नाम लोकप्रिय बन्न पुगेको थियो र यसको केही समय पछि उक्त जोडीको सम्बन्ध विच्छेद भएको थियो। सेतलुरले अनलाइन पत्रिका स्पिजेल अनलाइनलाई दिएको एक अन्तर्वार्तामा भनिन्," मेरो जागिरको कारणले नभए केवल हामी सँगै भएकोले म अकस्मात पत्रपत्रिकामा छाएँ। अचानक उनीहरूले मेरो बारेमा विभिन्न गतल कुराहरू लेखे जुन मेरो कामसँग सम्बन्धित छैन"।[११]
मे २०१६ मा[२३], अनुभवी साङ्गीतिक समूह क्राफ्टवेर्कले उनीहरूको सन् १९७७ को गिती सङ्गालो ट्रान्स-युरोप एक्सप्रेसमा समावेश गीत "मेटल अन मेटल" मा[२४], उनको सन् १९९७ को गीत "नुर मिल"ले प्रयोग गरेको दुई सेकेन्डको अंशको लागि[२५] सेतलुरको विरुद्धमा दायर गरिएको १९ वर्षको प्रतिलिपी अधिकार उल्लङ्घनको कानूनी मुद्दा गुमाउन पुगेको थियो।[२६]
|Sammelwerk=
प्यारामिटर ग्रहण गरेन (सहायता)
|Online=
प्यारामिटर ग्रहण गरेन (सहायता); |Author=
প্যারামিটার অজানা, উপেক্ষা করুন (|author=
পরামর্শকৃত) (सहायता)
|Author=
প্যারামিটার অজানা, উপেক্ষা করুন (|author=
পরামর্শকৃত) (सहायता)