सरफराज आलम | |
---|---|
सांसद, लोक सभा | |
कार्यकाल १४ मार्च २०१८ – २३ मे २०१९ | |
पूर्वाधिकारी | मोहम्मद तसलिमुद्दिन |
उतराधिकारी | प्रदीपकुमार सिंह |
निर्वाचन क्षेत्र | अररिया |
बिहार विधान सभा सदस्य for अररिया | |
कार्यकाल सन् २०१० – सन् २०१९ | |
कार्यकाल सन् १९९६ – सन् २००५ | |
व्यक्तिगत विवरण | |
राष्ट्रियता | भारतीय |
राजनीतिक दल | राष्ट्रिय जनता दल |
अभिभावक | मोहम्मद तसलिमुद्दिन |
सरफराज आलम एक भारतीय राजनीतिज्ञ हुन् जसले सन् २०१८ देखि २०१९ सम्म राष्ट्रिय जनता दलको उम्मेद्वारको रूपमा भारतीय संसद मा बिहार को अररिया सिटको प्रतिनिधित्व गरेका थिए।
आलम मोहम्मद तसलिमुद्दीनका छोरा हुन्, जो राष्ट्रिय जनता दलका सदस्य र अररिया सिटका सांसद थिए। श्रीमती बेगम सानियासँग उनका ७ सन्तान छन्। [१]
आलम चार कार्यकाल (सन् १९९६, २०००, २०१०, २०१५) बिहार विधान सभामा ( जोकिहाट सिटबाट) निर्वाचित भएका थिए - पहिलो र दोस्रो कार्यकाल राष्ट्रिय जनता दलको उम्मेद्वारको रूपमा, र अर्को दुई कार्यकाल जनता दल (संयुक्त)का उम्मेदवारको रूपमा निर्वाचित भएका थिए। [२] जनवरी २०१६ मा, उनको पार्टीले उनलाई रेल मा एक जोडीसँग दुर्व्यवहार गरेको आरोपमा प्रथम सूचना प्रतिवेदन दर्ता गरेपछि निलम्बन गरिएको थियो। [३]
फेब्रुअरी २०१८ मा, आलम पुनः राष्ट्रिय जनता दलमा सामेल भएका थिए। उनले बिहारका मुख्यमन्त्री नीतिश कुमारको महागठबन्धन गठबन्धन तोडेर भारतीय जनता पार्टीसँग गठबन्धन गरेर धर्मनिरपेक्ष शक्तिलाई धोका दिएको बताइएको थियोे। [४] त्यसपछि, उनलाई पार्टीले अररिया (वर्तमान सांसद मोहम्मद तस्लिमुद्दीनको मृत्युको कारण खाली भएको) सिटका लागि संसदीय उपचुनावमा उम्मेदवार बनाएको थियो। [५] मार्चमा भएको निर्वाचनमा उनले ६१ हजार मतले विजयी भएका थिए । [६]