सरुभक्त (वि.सं. २०१२ भाद्र, वास्तविक नाम: भक्तबहादुर श्रेष्ठ) मूलतः नेपाली उपन्यासकार, नाटककार, कथाकार तथा कवि हुन्। उनले पागल बस्ती उपन्यासका लागि २०४८ सालमा नेपालको सर्वाधिक प्रतिष्ठित मदन पुरस्कार समेत पाएका छन्।
उनका पागल बस्ती, तरूनी खेती उपन्यास सर्वाधिक चर्चित छन्। उनी पोखराको बागबजार, मा जन्मिएका हुन्। समीक्षक डा. अशोक थापाका अनुसार सरूभक्त नेपाली नाटक लेखनमा बालकृष्ण समपछि सबैभन्दा अब्बल नाटककार हुन् ।
सरुभक्त वि.सं. २०१२ सालमा तीजपर्वका दिन बागबजार, पोखरा, कास्कीमा बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मी श्रेष्ठका सुपुत्रका रूपमा जन्मेका हुन्। उनको अध्ययनको सुरुवात तत्कालीन नेपाल आदर्श विद्यालय (हालः गण्डकी बोर्डिङ् स्कुल)बाट भयो। एम्. ए. सम्म पढेका सरुभक्त निजी व्यवसाय पनि गर्छन्।
कथा, कविता, नाटक आदि क्षेत्रमा कलम चलाउने सरुभक्तको पहिलो रचनाका रूपमा वि.सं. २०३४ मा आह्वान साप्ताहिकमा 'मलाई दुइटा सूर्य देउ' शिर्षकको कविता प्रकाशित भएको थियो। उनका अन्य प्रकाशित कृतिहरू निम्नानुसार छन्