श्री काजी सर्वजीत राना मगर | |
---|---|
काजी | |
कार्यकाल November 1777- 1778 | |
व्यक्तिगत विवरण | |
जन्म | 1750 गुल्मी, चौबिसे राज्य |
मृत्यु | भाद्र १८३५ ढाँचा:Deathdate and age काठमाडौं, नेपाल |
आफन्तहरू | काजी बन्धु राना मगर (भाइ) |
सैन्य सेवा | |
श्रेणी | काजी |
सर्वजीत राना मगर नेपालका मूलकाजी हुन् । उनी रानी राजेन्द्रलक्ष्मीको पालामा मूलकाजीको पदमा सन् १७७७ मा नियुक्त भएका थिए ।[१] रानी राजेन्द्र लक्ष्मीसंग अनुचित सम्बन्ध कायम गरेको आरोपमा बहादुर शाहले सर्वजित राना मगरको हत्या गराए।
बडामहाराज पृथ्वीनारायण शाहको मृत्यु पछी प्रतापसिंह शाह राजा भए। २ वर्ष शासन चलाएपछी उनको निधन भयो। त्यसपछि उनका साढे २ वर्षीय पुत्र रणबहादुर शाह भए र उनकी रानी राजेन्द्रलक्ष्मीले नायवी चालाइन्। राजेन्द्रलक्ष्मीले पतिको पालादेखिकै विश्वसनीय भारदार सर्वजीत रानालाई उनले मूलकाजी बनाइन् । वंशराज पाँडे दोस्रा काजी बनेर गोरखामा रहन लागे।
यसैबीच राजेन्द्रलक्ष्मी र सर्वजीतबारे अनुचित सम्बन्ध बारे हल्ला चल्यो। बहादुर शाहले चौतारिया दलजित शाहले श्रीहर्ष पन्थको सहयोग लिएर आठपहरियाहरूद्वारा दरबार घेर्न लगाई राजेन्द्रलक्ष्मीलाई चाँदीको नेल ठोकी दरबारभित्रै थुनेर मूलकाजी सर्वजीत राना र उनको अनुयायीलाई पक्री कुमारी घरको छिँडीको कोठामा लगेर रातको समय कटाइदिए।[२]
बहादुर शाहले आफ्ना पिताले स्थापित गरेका केहि नियमहरूलाई उल्लङ्घन गरे। कुनै पनि भारदारलाई नमार्नु भन्ने पृथ्वीनारायण शाहको दिव्योपदेशको विपरित उनले सर्वजीत राना मगरलाई मारी भारदारको हत्याको प्रचलन सुरु गरे। भारदारको हत्या गर्ने प्रचलन भीमसेन थापाको शासनमा चरममा पुगेको थियो।[३]
छोटो समय मूलकाजी चलाएका सर्वजीत रानाको हैसियत देख्दा उनी त्यतिखेरका प्रधानमन्त्री तहमा रहेको देखिन्छ।[४]