साँफेबगर नगरपालिका | |
---|---|
![]() | |
निर्देशाङ्क: २९°०७′N ८१°२३′E / 29.11°N 81.39°E | |
देश | ![]() |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | अछाम |
स्थापित | २०७१ वैशाख २५ |
सरकार | |
• नगरप्रमुख | राजेन्द्रबहादुर कुँवर (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | शिवबहादुर कुँवर (नेकपा (एकीकृत समाजवादी)) |
क्षेत्रफल | |
• जम्मा | १४७.७५ किमी२ (५७.०५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २५,८९१ |
• घनत्व | १८०/किमी२ (४५०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०९७ |
वेबसाइट | आधिकारिक वेबसाइट |
साँफेबगर नगरपालिका अछाम जिल्लाका ४ नगरपालिकाहरू मध्ये एक हो।[३] २०७१ वैशाख २५ मा, नगरपालिका घोषणा गर्दा रिडिकोट, मष्टामाण्डु, शिद्धेश्वर, वैजनाथ र जाल्पादेवी गाविसहरू समावेश गरिएका थिए भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा बुढाकोट, घुघुरकोट, देवीस्थान, खप्तड, वाब्ला र पातलकोट गाविसहरू यसमा गाभिएका थिए।
यो जिल्लाको मध्य भागमा अवस्थित छ। बुढीगङ्गा नदीले साँफेबगरलाई दुई भागमा बाँडेको छ। यो अछामको प्रमुख व्यापारिक केन्द्र हो। साँफेबगर नगरपालिकाको कार्यालय यसै बजारमा रहेको छ। साँफेबगर वरिपरी पहाडहरूले घेरेको बेसीमा अवस्थित छ। साँफेबगरको दक्षिण पश्चिममा बुढीगङ्गाको किनारमा प्रसिद्ध वैद्यनाथधाम रहेको छ।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार साँफेबगर नगरपालिकाको कुल जनसङ्ख्या २५,८९१ रहेको छ भने यहाँ ६,३११ घरधुरी रहेका छन्।[२]