![]() | |
पुरा नाम | साइफ स्पोर्टिङ क्लब लिमिटेड |
---|---|
स्थापना | अगस्ट २०१६ |
मैदान | मयमनसिङ्ह रङ्गशाला, मयमनसिङ्ह |
क्षमता | १२,००० |
मालिक | साइफ पावरटेक लिमिटेड |
प्रबन्धक | ![]() |
प्रमुख प्रशिक्षक | ![]() |
लिग | बङ्गलादेश प्रिमियर लिग |
२०१८-१९ | १३ मा चौँथा |
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ |
साइफ स्पोर्टिङ क्लब (बङ्गाली: সাইফ স্পোর্টিং ক্লাব) बङ्गलादेशको ढाका स्थित फुटबलको एक आधिकारिक क्लब हो जसले बङ्गलादेश फुटबल प्रिमियर लिगमा भाग जनाउँछ। यो फुटबल क्लब साइफ पावरटेक लिमिटेडको अधिनमा रहेको छ। [१]
साइफ स्पोर्टिङ क्लबको स्थापना सन् २०१६ अगष्टमा गरिएको थियो। १० सेप्टेम्बर २०१६ मा यस क्लबले सन् २०१६ मा आयोजना हुन लागेको बङ्गलादेश फुटबल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्न पाउने गरी बङ्गलादेश फुटबल महासङ्घले मान्यता प्रदा गरेको थियो।
सन् २०१६ सेप्टेम्बरमा यस क्लबले सर्वियाका वरिष्ठ फुटबल प्रशिक्षक निकोला कभायोभिचलाई यस क्लबको आधिकारिक प्रशिक्षको रूपमा नियुक्त गराएको थियो। कभायोभिजच बङ्गलादेश च्याम्पियनसिप लिग इतिहासकै पहिलो अन्तर्राष्ट्रिय प्रशिक्षक बनेका थिए भने यस क्लबको पहिलो कप्तान पद रियादुल हासान राफीले सम्हालेका थिए।[२] सन् २०१६ को बङ्गलादेश प्रिमियर लिगको संस्करणमा साइफ स्पोर्टिङ क्लबले पहिलो आधिकारिक खेले टि एण्ड टि क्लबको विरुद्धमा खेलेको थियो जहाँ सुमन आलीले उक्त क्लबका लागि पहिलो गोल गर्न सफल भएका थिए जसको फलस्वरूप साइफ स्पोर्टिङ क्लब ३-१ गोल अन्तरले विजयी हुन सफल भएको थियो।[३] सन् २०१६ को बङ्गलादेश प्रिमियर लिगमा यो क्लबले दोस्रो स्थान हासिल गरेको थियो जसको कारण यो क्लबको बङ्गलादेश फुटबल प्रिमियर लिगमा पदोन्नति भएको थियो। बङ्गलादेश प्रिमियर लिगको संस्करणमा यो क्लबले अपराजित यात्रा कायम गरेको थियो जहाँ यसले ६ खेलमा जित र ८ खेलमा बराबरी खेलेको थियो।[४] यस क्लबमा एक खेलाडी मोटिन मियाले १२ खेलहरूमा ४ गोल गर्न सफल हुँदै उक्त प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए। [५]
सन् २०१७ मा यो क्लब एक संस्करणको फुटबल प्रतियोगिता खेल्नका लागि कलकत्ता गएको थियो। एक संस्करणको खेल खेल्न जाने यो क्लब पहिलो बङ्गलादेशी क्लब बनेको थियो।[६] २२ मार्च २०१७ का दिन यस क्लबले पहिलो मैत्रीपूर्ण खेल आई लिगको दोस्रो विभागमा साउथन समितिको विरुद्धमा खेलेको थियो जुन खेल २-२ गोलमा समाप्ति भएको थियो जहाँ साइफ क्लबका लागि सादिज र सभाले समान एक एक गोल गरेका थिए।[७] २८ मार्च २०१७ का दिन आयोजना गरिएको साइफ स्पोर्टिङ क्लब र पूर्वी बङ्गाली एफसी बीचको प्रतिस्पर्धामा साइफ क्लब विजयी हुन सफल भएको थियो भने साइफका लागि रहिमले गरेको एक गोलनै जितका लागि प्रयाप्त बन्यो।[८] १० अप्रिल २०१७ का दिन यस क्लब पुन एक मैत्रीपूर्ण खेल पूर्वी बङ्गाल एफसीसँग खेलेको थियो भने उक्त खेल १-१ गोलमा समाप्ति भएको थियो जहाँ साइफका लागि मोतिन मियाले एक गोल गरेका थिए। [९]
खेल संस्करण शुरू हुनु भन्दा केही महिना अगाडि सर्वियाका प्रशिक्षक निकोला कभायोभिचलाई बर्खास्त गरिएको थियो भने उनको स्थानमा घानाका पूर्व खेलाडी एवम् प्रशिक्षक किम ग्र्याण्ट २०१७ अप्रिलमा नियुक्त भएका थिए।[१०] २७ अप्रिल २०१७ का दिन यस क्लबको सहायक प्रशिक्षकको रूपमा रायन नर्थमोर नियुक्त भएको साइफ स्पोर्टिङ क्लबले आधिकारिक रूपमा घोषणा गरेको थियो। अप्रिल २९ मा यस क्लबले आगामी बङ्गलादेश फुटबल प्रिमियर लिगको लागि छनोट हुन केही प्रतिस्पर्धामा भाग लिएको थियो। यस क्लबले अन्ततः बङ्गलादेश फुटबल महासङ्घलाई ३ विदेशी खेलाडी सहित २७ खेलाडीहरूको सूची पेश गरेको थियो। यस क्लबले युवा तथा प्रख्यात फुटबल खेलाडीहरू; साजद, कबिर, शहादिन, साद्दम, रफी, लिखोन र रहिमलाई ४ वर्षका लागि यस क्लबमा आवद्ध गराएको थियो भने यस क्लबको कप्तानको रूपमा जामाल भुयान नियुक्त भएका थिए जसले यस क्लबका लागि १४ महिने आवद्ध पत्रमा हस्ताक्षर गरेका थिए।[११] यस क्लबमा अन्य खेलाडी जस्तैः शखिल अहमद, हेमन्त विश्वास, जावेल रानम, अरिफुल इसलाम र टोपु बरमान पनि आवद्ध भएका थिए। यस क्लबले चिटागोङ आवहानी लिमिटेडका युवा खेलाडी, मध्यपङ्क्तिका खेलाडी महम्मदेन अब्राहम र रहमातगञ्जका रक्षापङ्क्तिका खेलाडी स्वाकत रसललाई पनि क्लबमा आवद्ध गराएको थियो। साइफ स्पोर्टिङ क्लबले अन्य विदेशी खेलाडी जस्तै: हाम्बर भ्यालेन्सिया र अल्भी फकोउ फोपा र मध्यपङ्क्तिका खेलाडी डेनियर कोर्डोबालाई पनि आवद्ध गराएको थियो। साइफ स्पोर्टिङ क्लबले सन् २०१७ को बङ्गलादेश फेडेरेसन कप यात्रा अन्तर्गत १-१ गोल अन्तरले साविक विजेता ढाका आवहानी लिमिटेडसँग बराबरी खेलेको थियो भने उक्त खेलमा साइफ एससीबाट मोहम्मद अब्राहमले एक मात्र गोल गरेका थिए। त्यस खेल पछिको अर्को खेलमा भने साइफ स्पोर्टिङ क्लब मुक्तिजोद्धा सङ्सद केसीसँग १-० गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको थियो।[१२][१३] २८ जुलाई २०१७ का दिन साइफ स्पोर्टिङ क्लबले पहिलो व्यवसायीक लिग खेल ढाका आवहानी लिमिटेडसँग खेलको थियो भने उक्त खेलमा यस क्लब ढाका आवहानीसँग २-३ गोल अन्तरले पराजित भएको थियो। ५ अगष्ट २०१७ का दिन यस क्लबले पहिलो जित दर्ता गरेको थियो जहाँ यस क्लबले आरमबाघ केसीलाई १-० गोल अन्तरले पराजित गर्न सफल भएको थियो। यस खेलमा साइफ स्पोर्टिङ क्लबका खेलाडी मोतिन मियाले १ गोल गरेका थिए जुन खेल जित्न प्रयाप्त बन्यो।[१४] ७ अगष्ट २०१७ का दिन यस क्लबले हाइटीका अग्रपङ्क्तिका खेलाडी विडसन एन्सलमेलाई यस क्लबमा आवद्ध गराएको थियो। [१५]
सन् २०१७ को बङ्गलादेश प्रिमियर लिगको संस्करण अन्तर्गत २६ अगस्ट २०१७ का दिन कोलम्बियाका अग्रपङ्क्तिका खेलाडी हेम्बर भ्यालेन्सियाले ब्रदर्स युनियन विरुद्ध क्लबको लागि पहिलो हेट्रिक गर्न सफल भएका थिए भने उक्त खेल साइफ स्पोर्टिङ क्लबले ५ का विरुद्ध ० गोल अन्तरले खेल जितेको थियो।[१६][१७][१८] सन् २०१७ को बङ्गलादेश फुटबल प्रिमियर लिगको पहिलो चरण पछि यस क्लबका विदेश प्रशिक्षक किम ग्र्यानण्टलाई क्लबबाट बर्खास्त गरिएको थियो भने उनको स्थान सहायक प्रशिक्षक रायन नर्थमोरले लिएक थिए।[१९][२०] सन् २०१७ बङ्गलादेश क्रिकेट प्रिमियर लिगको दोस्रो चरणमा यस क्लबले पूर्व अङ्ग्रेजी फुटबल खेलाडी टेडी सिरिङह्याका छोरा चार्ली सिरिङह्यामलाई क्लबमा आवद्ध गराएको थियो।[२१] साइफ स्पोर्टिङ क्लबले आफ्नो पहिलो खेल १३ नोभेम्बर २०१७ का दिन ढाका आवहानी लिमिटेडको विरुद्धमा नयाँ प्रमुख प्रशिक्षक रायन नर्थमोरको निर्देशनमा खेलेको थियो जहाँ साइफले २-१ अन्तरले जित निकाल्न सफल भएको थियो भने यस क्लबको जितको लागि दुई विदेशी खेलाडी विडसन एन्सेल्मे र चार्ली सिरिङह्याम आफ्नो पर्दापण खेलमा क्लबको लागि एक एक गोल गर्न सफल भएका थिए। २ जनवरी २०२८ का दिन सन् २०१९ एएफसी कपको छनोटका लागि साइफ स्पोर्टिङ क्लब र शेख रसल क्लब बीच खेल भएको थियो जहाँ साइफ क्लबले शेख रसललाई २-१ गोल अन्तरले हराउँदै इतिहास रच्न सफल भएको थियो। एएफसी कपका लागि साइफ स्पोर्टिङ क्लबले उज्वेकिस्तानका मध्यपङ्क्तिका खेलाडी अहरोर उमारजोनाभलाई यस क्लबमा आवद्ध गराएको थियो।[२२] २३ जनवरी २०१८ का दिन साइफ स्पोर्टिङ क्लब महादेशीय कपमा पर्दापण गरेको थियो जहाँ यस क्लबको सामना माल्दिभियाली फुटबल क्लब टिसी स्पोर्ट्स क्लबको विरुद्धमा बङ्गलादेशको बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा भएको थियो। उक्त खेलमा साइफ स्पोर्टिङ क्लब ०-१ गोल अन्तरले पराजित भएको थियो।[२३] उक्त प्रतियोगिताको दोस्रो चरणमा यस क्लब १-३ गोलले पराजित हुँदै प्रतिस्पर्धाबाटै बाहिरिएका थिए। सन् २०१७-१९ स्वतन्त्र कपबाट पनि यो क्लब समूह चरणबाटै बाहिरिएको थियो। यस क्लबले सबै प्रतिस्पर्धाहरूमा खराब प्रदर्शन गरेका कारण तात्कालिक मुख्य प्रशिक्षक रायन नर्थमोरलाई टोलीको प्रशिक्षक पदबाट बर्खास्त गरिएको थियो।
२५ फेब्रुअरी २०१८ मा क्लबले स्टुवर्ट हलको नाम सन् २०१८-१९ बङ्गलादेश प्रिमियर लिगको संस्करणका लागि क्लबक नयाँ प्रमुख प्रशिक्षक रूपमा घोषणा गरेको थियो भने १५ अप्रिल २०१८ मा क्लबले स्टुवर्ट हललाई उनीहरूको नयाँ प्रमुख प्रशिक्षकको रूपमा प्रशंसकहरूको माझ परिचय गराएको थियो।[२४] सोही दिनमा तन्जानियाली भुतपुर्व फुटबल खेलाडी तथा प्रशिक्षक डेनिस किताम्बी आगामी सत्रमा सहायक प्रशिक्षको रूपमा क्लबमा सामेल भएका थिए।[२५] १ अगस्ट २०१८ मा, क्लबले आउँदो लिगको लागि पहिलो एसियाली विदेशीको रूपमा दक्षिण कोरियाली आग्रपङ्क्तिका खेलाडी पार्क सियुङ-इललाई पनि क्लबमन आवद्ध गरेको थियो।[२६][२७]
२३ सेप्टेम्बर २०१८ का दिन साइफ स्पोर्टिङ क्लबले बोडोसा कपको अन्तिम खेलमा इण्डियन सुपर लिगको क्लब जाशेदपुर एफसीलाई २ का विरुद्ध १ गोल अन्तरले हराउँदै बोडोसा कपको उपाधि उचाल्न सफल भएको थियो।[२८] यस उपाधिको जितका लागि रूसी खेलाडी डेनिस बिलसोभाकले २१ अौँ मिनेटमा टोलीलाई पहिलो आग्रता दिलाएका थिए भने दक्षिण कोरियाली खेलाडी पार्क सियुङ इलले खेल सकिन पाँच मिनेट छँदा पेनाल्टी द्वरा अग्रतालाई दोब्बर बनाउन सफल भएका थिए जसका कारण साइफ स्पोर्टिङ क्लबले सहजै जित निकाल्न समर्थ रह्यो।[२९] १४ अक्टोबर २०१८ का दिन यस क्लबले आगामी संस्करणको बङ्गलादेश फुटबल प्रिमियर लिगका लागि खेलाडी दर्ता पूरा गर्दै चार विदेशी खेलाडी सहित ३२ खेलाडीको सूची बङ्गलादेश फुटबल महासङ्घ समक्ष पेश गरेको थियो। [३०]
साइफले सन् २०१८ बङ्गलादेश फेडेरेसन कपको क्लबको पहिलो खेलमा बिजेएमसी क्लबलाई ३ का विरुद्ध १ गोल अन्तरले हराउँदै सुखद यात्रा अगाडि बढाएको थियो।[३१] क्लबको मुख्य प्रशिक्षकको रूपमा मात्र दुई खेलको प्रशिक्षकको रूपमा रहेका स्टुवर्ट हलले आपसी समझदारीको साथ क्लब छोडेका थिए।[३२] ७ नोभेम्बर २०१८ मा जोनी म्याकिन्स्ट्री क्लबको नयाँ प्रमुख प्रशिक्षकको रूपमा आवद्ध भएको कुरा खुलासा गरिएको थियो भने सन् २०१८ को बङ्गलादेश फेडरेसन कपको क्वार्टरफाइनलमा भने यो क्लब शेख जामाल धानमण्डी विरुद्धको खेलमा २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको थियो। [३३]
सन् २०१८ को स्वतन्त्र कपमा साइफ स्पोर्टिङ क्लबको सामना १ डिसेम्बर २०१८ का दिन बिजेएमसी क्लबको विरुद्धमा भएको थियो जहाँ यस क्लबका लागि जामाल भुयानले खेल सकिन केही समय बाँकी छँदा गरेको फ्रिकिक द्वरा साइफले बिजेएमसीको विरुद्धमा सङ्घर्ष पूर्ण जित निकाल्न सफल भएको थियो।[३४] साइफ क्लबले उक्त प्रतिस्पर्धाको क्वाटरफाइनलमा ढाका आवहानी लिमिटेडसँग पराजित भएको थियो।[३५] ६ अप्रिल २०१९ मा साइफ स्पोर्टिङ क्लबले बङ्गलादेश प्रिमियर लिग २०१८-२०१९ को संस्करणमा नोफेल एससीलाई १-० ले हराउन सफल भएको थियो जहाँ यस क्लबलाई जित दिलाउनका लागि पार्कले गोल गरेका थिए।[३६]
मयमनसिङ्ह रङ्गशाला यस क्लबको सन् २०१८-१९ संस्करणका लागि नयाँ गृह मैदान हो। क्लबले बङ्गबन्घु राष्ट्रिय रङ्गशालालाई उनीहरूको फुटबल यात्राको पहिलो दुई सत्रहरूमा गृह मैदानको रूपमा प्रयोग गरेको थियो।
|url=
शीर्षक नै (सहायता), अन्तिम पहुँच १२ नोभेम्बर २०१८।