प्रकार | पेल लेगर |
---|---|
उत्पादन | सान मिगेल निगम (सन् १८९०-जुलाई २५, २००७) सान मिगेल ब्रेवरी (जुलाई २६, २००७-वर्तमान) |
उत्पत्ति भएको देश | फिलिपिन्स |
स्थापना | सन् १८९० |
अलकोहल परिमाण | ५% |
उत्पादनहरू | सान मिगेल प्रिमियम अल-माल्ट बियर, सान मिगेल सुपर ड्राई, सान मिगेल फ्लेभर्ड बियर, सर्भेजा नेग्रा (सान मिगेल डार्क बियर) |
वेबसाइट | सान मिगेल वेबसाइट |
सान मिगेल बियर एक फिलिपिनो पेल लेगर हो जुन सान मिगेल निगमको सहायक कम्पनी सान मिगेल ब्रेवरीले उत्पादन गरेको हो। सन् १८९० मा मूल सान मिगेल ब्रेवरीद्वारा (सन् १९६४ सान मिगेल निगमको नाममा पुनःनामाकरण गरियो) स्थापना गरिएको, यो फिलिपिन्स र हङकङ मा सबैभन्दा बढी बिक्री हुने बियर हो। नेपालका लागि सान मिगेल बियरको उत्पादन कारखाना गोन्द्राङ, भरतपुरमा बोटलर्स नेपाल लिमिटेडको विपरीत अवस्थित छ।[१]