साहना बज्राचार्य | |
---|---|
![]() साहना बज्राचार्य एउटा मोडल कार्यक्रममा | |
जन्म | साहना बज्राचार्य अगस्ट १५, १९८९ काठमाडौँ, नेपाल |
उचाइ | १.६१ मी (५ फिट ३ १⁄२ इन्च) |
उपाधि | मिस नेपाल विश्व २०१० |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | खैरौं |
आँखाको रङ्ग | खैरौं |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २०१० पहिलो रनरअप मिस अर्थ २०१० मिस एसिया प्यासिफिक वर्ल्ड २०११ मिस नेपाल २००८ |
साहना बज्राचार्य (अङ्ग्रेजी: Sahana Bajracharya) एक व्यावसायिक मोडल, टेलिभिजन प्रस्तोता, अभिनेत्री तथा मिडीया व्यक्तित्व हुन् । उनी मिस नेपाल अर्थ २०१० को उपाधि विजेता हुन् । उनले अमेरिकाको स्थानीय संस्करण अमेरिकाज नेक्स्ट टप मोडेल अन्तर्गत मेगा मोडेलको दोश्रो संस्करणलाई प्रस्तुत गरेकी छिन् । उनी लोकप्रिय बन्न बारम्बार विवादमा तानिने गर्छिन ।[१] उनी टिएनएम नामक लोकप्रिय पत्रिकाको पृष्ठमा आफ्नो ठाउँ बनाउन सफल भएकी छिन् ।[२] हालै उनी एउटा मदिरा कम्पनी रस्लन भोड्काको विज्ञापनमा देखा परेकी छिन् ।
साहना बज्राचार्यको जन्म १५ अगस्ट १९८९ मा नेपालको सुर्खेतमा भएको हो । उनले आफ्नो प्रारम्भिक शिक्षा जावलाखेलको सेन्ट मेरी विद्यालयबाट प्राप्त गरेकी छिन् भने कलेज स्तरको शिक्षा वीगन तथा लीग कलेजबाट प्राप्त गरेकी छिन्।
बज्राचार्य कार्यक्रम सन्चालन गर्ने मिडिया ब्यक्तित्व बनिन्, जस्तै मेगा मोडल सिजन २, युगान्तर र इमेज च्यानलको लागि उनले काम गरिन्। सन् २००८ मा उनले मिस नेपाल २००८ मा[३] प्रतिस्पर्धा गरेकी थिइन् तर पछि महिला मावोबादीहरूको प्रदशनका कारण प्रतियोगिता सम्पन्न हुन सकेन्।[४] साहनाले एसिया प्यासेफिक वर्ल्ड २०११ को सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नको लागि चुनिएकी थिइन्, त्यहि वर्ष अक्टुवरमा कोरियामा आयोजित गरिएको थियो र जहाँ उनी शिर्ष १५ मा रहन सफल भएकी थिईन्।
उनले १ सेप्टेम्बर २०१० मा मिस नेपाल अर्थ २०१० को ताज पहरियिन र पछि ४ डिसेम्बर २०१० मा उनले मिस अर्थ २०१० मा प्रतिस्पर्धा गरिन्।[५] पछि उनले कान्तिपूर टेलिभिजन नेटवर्कमा काम शुरु गरिन र जसमा उनले सिनेमा समाचार र गफगाफ कार्यक्रम सञ्चालन गरिन्। कान्तिपूर टेलिभिजन नेटवर्कबाट बाहिरिए पछि उनले नेपाल टेलिभिजन नेटवर्कका लागि नमस्ते टिभी कार्यक्रम स्गुरु गरिन्।
वर्ष | चलचित्र | भाषा | कैफियत |
---|---|---|---|
२०१२ | गुडबाई काठमाडौँ | नेपाली | अतिथि भूमिका |
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१४ मिति