सिक्किम राज्य काङ्ग्रेस | |
---|---|
स्थापना | सन् १९४७ |
विघटन | सन् १९७२ |
विलय | सिक्किम जनता काङ्ग्रेस |
विचारधारा | जमिन्दारवादको उन्मूलन, एक व्यक्ति एक मत, सिक्किम राज्यको भारतसँग विलय |
रङहरू | निलो |
सिक्किम राज्य काङ्ग्रेस सिक्किम राज्यको एक एकीकरणवादी राजनीतिक दल थियो। यसको स्थापना सन् १९४७ मा भएको थियो र यसले भारतीय राष्ट्रिय काङ्ग्रेससँग मिलेर सिक्किमलाई भारतमा गाभ्न सफलतापूर्वक काम गरेको थियो। भारतीय राष्ट्रिय काङ्ग्रेसले आफ्नो निकटवर्ती देशमा भारतको हितको लागि स्थापना गरेको अन्य पार्टीहरूमा नेपाल राज्य काङ्ग्रेसपार्टी र भुटान राज्य काङ्ग्रेसपार्टी समावेश छन्।
७ डिसेम्बर १९४७ मा सिक्किम राज्य काङ्ग्रेसको गठन स्थानीय सङ्गठनहरू प्रजा सुधारक समाज, प्रजा सम्मेलन र प्रजा मण्डलले संयुक्त रूपमा एकीकृत पार्टी गठन गर्ने निर्णय गरेपछि भएको थियो। टासी छिरिङ नवगठित पार्टीको अध्यक्ष थिए। सिक्किम राज्य काङ्ग्रेसका मुख्य घटकहरू नेपाली हरू थिए, जबकि यसको प्रतिद्वन्द्वी सिक्किम नेशनल पार्टीलाई भुटिया र लेप्चा मानिसहरूको समर्थन थियो।
निर्वाचन | जितेका सिट | सिट +/- | स्रोत |
---|---|---|---|
सन् १९५३ | ६ / १८
|
- | [१] |
सन् १९५८ | ७ / २०
|
![]() | |
सन् १९६७ | २ / २४
|
![]() | |
सन् १९७० | ४ / २४
|
![]() |
[२] |