सिताश्मा चन्द | |
---|---|
जन्म | अक्टोबर ३१, १९८३ काठमाडौँ, नेपाल |
उचाइ | ५ फिट ७ इन्च [१] |
उपाधि | मिस नेपाल २००७ |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | कालो |
आँखाको रङ्ग | खैरौ |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २००७ |
सिताश्मा चन्द (अङ्ग्रेजी: Sitashma Chand; जन्म ३१ अक्टोबर १९८३) मिस नेपाल २००७ की विजेता [२][३][४] तथा व्यावसायिक मोडल र नेपाली सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनी सन् २००७ अप्रिल ७, काठमाडौँमा सम्पन्न मिस नेपाल २००७ की उपाधि विजेता हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै सन् २००७ डिसेम्बर १, मिस वर्ल्ड २००७ मा सहभागिता जनाएकी थिइन् ।[१][५]
सिताश्मा चन्दको जन्म ३१ अक्टोबर १९८३ काठमाडौँमा भएको हो । उनले काठमाडौँको सेन्ट मेरी विद्यालयमा अध्ययन गरेकी हुन् । अध्ययन बाहेक उनको भलिबल खेलमा विशेष रुचि रहेको छ ।[६]
पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
पूर्वाधिकारी | मिस नेपाल विश्व २००७ |
पछिल्लो जेनिशा मोक्तान ( नेपाल) |