"सिम्फोनी" | ||||
---|---|---|---|---|
![]() | ||||
सरा लारसनको विशेषत रहेको क्लिन बान्डिटको गीतको एकल | ||||
सार्वजनिक | १७ मार्च २०१७ | |||
ढाँचा | ||||
किसिम | ||||
लम्बाई | ३:३२ | |||
लेबल | ||||
गीतकार(हरू) | ||||
रेकर्ड निर्माता(हरू) | ||||
क्लिन बान्डिट एकल कालक्रम | ||||
| ||||
सरा लारसन कालक्रम | ||||
| ||||
साङ्गीतिक भिडियो | ||||
"सिम्फोनी" युट्युबमा हेर्नुहोस् |
सिम्फोनी बेलायती साङ्गीतिक समूह क्लिन बान्डिटको गीत हो जसमा स्वर स्विडेनी गायिका सरा लारसनको रहेको छ। यो क्लिन बान्डिटको तेस्रो गिती सङ्ग्रह, ह्वाट इज लभ? (सन् २०१८) मा समावेश तेस्रो गीत हो। गीतलाई सरा लारसनको दोस्रो गिती सङ्ग्रह, सो गुड (सन् २०१७) मा समावेश छैटौँ गीतको रूपमा पनि सार्वजनिक गरिएको थियो।[२][४][५] गीत बेलायती एकल साङ्गीतिक तालिकामा शीर्ष स्थानमा आएको थियो जहाँ गीत शीर्ष स्थानमा आएको उनको पहिलो र क्लिन बान्डिटको तेस्रो हो। संयुक्त अधिराज्य बाहिर, यसले उनको गृह देशको तालिकामा शीर्ष स्थानमा आएको थियो भने यो छिमेकी देश नर्वेमा पनि शीर्ष स्थानमै रहेको थियो।
यसको सम्पादित संस्करणलाई, बिबिसीको क्रिसमस लक्षित छोटो चलचित्रमा प्रयोग गरिएको थियो भने दुबै संस्करणको गीतलाई डिसेम्बर २०१७ मा बीबीसी वानमा प्रसारित गरिएको थियो।[६] यसको कभर गीत, चलचित्र र टेलिभिजन कलाको बेलायती एकेडेमी पुरस्कार विजेता अभिनेत्री सुरेन जोन्सद्वारा जारी गरिएको थियो।
गीतको साङ्गितीक दृश्यलाई १७ मार्च २०१७ मा, क्लिन बान्डिटको युट्युब खाता मार्फत सार्वजनिक गरिएको थियो। यसलाई क्लीन बन्दितकी सदस्यहरू ग्रेस चट्टो र ज्याक प्याटरसनले निर्देशन गरेका थिए र लारसनलाई क्लिन बान्डिट र साङ्गितीक दल समर्थनमा चम्किलो पोशाकमा प्रस्तुत गरिएको छ जहाँ भावनात्मक कहानीको सुरुवात गरिएको छ। जुलाई २०२० सम्म, यसले युट्युबमा ९६ करोड अवलोकन प्राप्त गरिसकेको थियो।[७]
१८ मार्च २०१८ मा, क्लिन बान्डिट र लारसनले गीतको पहिलो प्रत्यक्ष प्रस्तुति, द भ्वाइस अफ युकेमा दिएका थिए[१] भने २१ अप्रिल २०१७ मा, उनीहरूले द टुनाइट सो स्टेरिङ जिम्मी फलोन नामक एक कार्यक्रममा पनि प्रत्यक्ष प्रस्तुति दिएका थिए।[८]