![]() | |
साइटको प्रकार | समिक्षा वेबसाइट |
---|---|
उपलब्ध भाषा | अङ्ग्रेजी फ्रान्सेली स्पेनी जर्मनेली डच इटालीयाली स्विडेनी |
मालिक | माइक्रोसफ्ट |
युआरएल | सियाओ.को.युके |
अलेक्सा क्रम | ![]() |
दर्ता | अनुपलब्ध |
सियाओ युरोपमा आधारित एक अनलाइन किनमेल पोर्टल हो जसले संयुक्त अधिराज्य, फ्रान्स, स्पेन, जर्मनी, नेदरल्याण्ड्स, इटली र स्विडेन लगायतका देशहरूमा सेवा सञ्चालन गर्दछ।[२] फेब्रुअरी २००८ मा, कम्पनीले साइटको एक अमेरिकी संस्करण, सियाओ डटकमको सुरु गरेको थियो। साइटले एक मञ्च प्रदान गरेको थियो जहाँ दर्ता भएका प्रयोगकर्ताहरूले समीक्षा लेख्न सक्दछन् र अरूलाई निर्णय लिन मद्दत गर्न विभिन्न उत्पादनहरूमा उनीहरूको राय दिन सक्दछन्। यी समीक्षाहरू सर्वसाधारणलाई, उपभोक्ताहरूलाई मद्दत गर्न उपलब्ध गरिएको थियो।
डिसेम्बर २०१७ सम्म, एक सदस्यले लेखकहरूले गरेका समीक्षाहरू पढ्ने बित्तिकै, कम्पनी उक्त लेखकलाई तिनीहरूको खातामा पैसा थपिदिएको हुन्थ्यो। सदस्यहरूले अनलाइन सर्वेक्षण र सन्दर्भित साथीहरू मार्फत पैसा पनि प्राप्त गर्न सक्दथे। २७ नोभेम्बर २०१७ मा, सियाओले १ डिसेम्बरदेखि सबै भुक्तानीहरू रोकिने घोषण गरेको थियो। फेब्रुअरी २०१८ मा, सियाओ बन्द भएको थियो। यसमा प्रवेश भने कम्पनीले नि:शुल्क गरेको थियो।
समीक्षाको साथसाथै, साइटले मूल्य तुलना पनि प्रदान गरेको थियो जसमा यसले आँकडाका सामग्रीहरू प्रदान गर्ने व्यापारी र आयोगसँग काम गर्दै प्रयोगकर्ताहरूलाई एकै थिचाइमा उत्पादनहरू खरीद गर्न अनुमति दिएको थियो।
कम स्कोरको विश्लेषण अनुसार, जनवरी २०१३ मा युरोपमा यसले २८.४ मिलियन मासिक सक्रिय प्रयोगकर्ताहरू प्राप्त गरेको दावी गरेको थियो।
सन् २०१३ मा, जर्मनीको यसको वेबसाइट ८.१ मिलियन प्रत्येक भ्रमणहरू भएका थिए। यो जर्मनी, फ्रान्स, नेदरल्याण्ड्स,स्पेन,इटाली र संयुक्त अधिराज्यको सबैभन्दा ठूलो किनमेल पोर्टलहरू मध्येको एक हो।[३]
माइक्रोसफ्टले अगष्ट २००८ को अन्तमा सियाओ जिएमबिएच (अनुवादित - सिमित दायित्व कम्पनी) र सियाओ, निगमको मालिक ग्रिनफिल्ड अनलाइनलाई ४८६ मिलियन अमेरिकी डलरमा खरिद गर्ने प्रस्ताव राखेको थियो।[४] माइक्रोसफ्टका प्रतिनिधिहरूका अनुसार, यो खरीद मुख्यतया युरोपमा कम्पनीको इण्टरनेट खोजी र ई-वाणिज्य व्यवसायलाई प्रोत्साहित गर्नका लागि गरिएको थियो।[५] अप्रिल २०११ मा, माइक्रोसफ्टले सियाओलाई बिक्री गरेको थियो।[६]
मार्च २०१२ मा अधिग्रहण भएदेखि, सियाओले सन् १९९८ मा स्थापना भएको लेगाइड समूहको विभागलाई मजबूत गरेको छ।[७] यसले १४ युरोपेली देशहरूमा अनलाइन किनमेलहरूलाई मार्गनिर्देशन, वेबसाइटहरूको तुलना, किनमेल खोजी इञ्जिन र उपभोक्ता मुल्याङ्कनका लागि मञ्चको बहु-साइट रणनीति मार्फत सेवा सञ्चालन गर्दछ।[८]. लेगाइड समूहले विभिन्न ब्राण्डहरूको सञ्चालन गर्दै आइरहेको छ जसमा लेगाइड डटकम, चुजन, डुयु डटकम, पाइकेङ्गो, सपवाहल डट डिई लगायतका सहायक कम्पनीहरू समावेश छन्। जुलाई २०१२ देखि कम्पनीका प्रमुख कार्यकारी अधिकृत ओलिभर सिचेल हुन्।