सुनिलबाबु पन्त नेपालका अधिकारकर्मी र भूतपूर्व राजनीतिज्ञ हुन्। नेपालको संविधान सभाको सदस्यमा निर्वाचित हुने उनी पहिलो समयौनिक पुरुष हुन् । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरूको हकमा कार्यरत नील हिरा समाजका उनी संस्थापक हुन् ।