सूर्यविक्रम ज्ञवाली (जन्म १९५५ जेष्ठ २९ – २०४२ मङ्सिर १६) एक नेपाली इतिहासकार थिए। उनले राजा पृथ्वीनारायण शाह र भानुभक्त आचार्यलगायत धेरै व्यक्तिहरूको जीवनी लेखे। ज्ञवालीले दार्जिलिङमा प्रधानाध्यापकको रूपमा पनि काम गरेका थिए। अनले गोरखा दक्षिण बाहु (प्रथम श्रेणी), त्रिशक्ति पट्ट (द्वितीय श्रेणी), र त्रिभुवन पुरस्कार (१९७१) प्राप्त गारेका थिए।
ज्ञवालीको जन्म १९५५ जेठ २९ ब्रिटिस भारतको बनारसमा बुवा दित्तलविक्रम र आमा पार्वती देवीको घरमा भएको थियो। [१] उनको परिवार गुल्मीबाट बनारस बसाइ सरेको थियो। [२] उनले नेपाली भाषा, साहित्य, संस्कृति र इतिहास विस्तारमा योगदान दिएका छन्। [३] उनले पृथ्वीनारायण शाह र भानुभक्त आचार्यको जीवनी लेखे। [४] [५] ज्ञवाली, धरनीधर कोइराला, र पारसमणी प्रधानले दार्जिलिङमा सँगै काम गरे। [६] उनले दार्जिलिङको सरकारी विद्यालयमा शिक्षक भएर काम सुरु गरे र पछि प्रधान अध्यापकमा बढुवा भए।
सात सालको क्रान्तिपछि ज्ञवाली काठमाडौं सरेका थिए। [६] ज्ञवालीले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिका रूपमा काम गरेका थिए। [७] काठमाडौंको एउटा सडक उनको नामबाट नामाकरण गरिएको छ जसलाई सूर्यविक्रम ज्ञवाली मार्ग भनिन्छ। [८] उनलाई गोरखा दक्षिण बाहु (प्रथम श्रेणी), त्रिशक्ति पट्ट (द्वितीय श्रेणी), र त्रिभुवन पुरस्कार (१९७१) प्रदान गरिएको थियो। [९] [१०]