सैनामैना नगरपालिका | |
---|---|
निर्देशाङ्क: २७°२८′०२″N ८३°१६′३०″E / 27.46716°N 83.27491°E | |
देश | ![]() |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | रुपन्देही |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | फणेन्द्रप्रसाद शर्मा (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | विना राना (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | १६२.१८ किमी२ (६२.६२ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ७८,३९३ |
• घनत्व | ४८०/किमी२ (१३००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०७१ |
वेबसाइट | आधिकारिक वेबसाइट |
सैनामैना नगरपालिका लुम्बिनी प्रदेशको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा एसियाका तारा गौतम बुद्धको जन्मस्थल देखि करिब १५ कि.मी उत्तर मनोरम चुरे पहाडको काखमा अवस्थित पूर्व बुटवल उप–महानगरपालिका, पश्चिममा सालझण्डी गाविस, उत्तरमा पाल्पाको कचल र बल्डेङगढी गाविस, दक्षिणमा खडवा वनगाई, गजेडी र सूर्यपुरा गाविस यी चार किल्ला भित्र अवस्थित पर्रोहा र दुधराक्ष २ गाविसको मिलनबाट बनेको नगरपालिका हो भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा सालझण्डी गाविसलाई पनि यसमा गाभिएको थियो।।[३][४] पूर्व बनकट्टा देखि पश्चिम वनकट्टीसम्म करिब १२ कि.मी. पूर्व पश्चिम लोकमार्गको भाग यस नगरपालिकामा पर्दछ। हाल यस नगरपालिकामा १२ वटा वडा रहेका छन्।[५] तिब्र बसाई सराईले गर्दा दिन प्रतिदिन जनसङ्ख्या अत्यधिक बृद्धि भईरहेको छ । नगरपालिका भित्र सबै जातजाती, भाषाभाषी संस्कृति एवं परम्पराको समीश्रण रही सुमधुर सम्बन्ध सहितको बसोबास पाईन्छ ।
राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार सैनामैना नगरपालिकाको कुल जनसङ्ख्या ७८,३९३ रहेको छ भने यहाँ १९,४४५ घरधुरी रहेका छन्।[२]
ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्त्व बोकेको छ । विभिन्न ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्वका स्थलहरु रहेको यो नगरपालिकाका गहनाको रूपमा पर्रोहा परमेश्वर बोलबमधाम, मलमला मन्दिर, मलमल चौरा बाबा, बोलबम पर्यटकीय पार्क विभिन्न मठ मन्दिरहरु, रानी कुवा, रानीबगिया आदि छन् । २ सरकारी तथा १ निजी गरी ३ क्याम्पस, सरकारी तथा निजि स्तरका उच्च माध्यमिक विद्यालय, माध्यमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र प्राथमिक विद्यालय गरी ३२ शिक्षण संस्थाहरु रहेका छन् । सरकारी निकायहरूमा नगरपालिका, इलाका प्रहरी कार्यालय, इलाका हुलाक कार्यालय, कृषि सेवाकेन्द्र पशु सेवाकेन्द्र, ईलाका वन कार्यालय, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी, कृषि विकास बैङ्क लगायत अन्य बैङ्क तथा वित्तीय संस्थाहरु तथा थुपै् गैर सरकारी संस्थाहरु रहेका छन् ।
जन प्रतिनिधि विहिन वर्तमान अवस्थामा यहाँका राजनीतिक दलहरु बीचको विकास प्रतिको एक्यवद्धता आम नागरिकहरु तथा सरोकारवालाको विकास प्रेमी भावनाका कारण स्थानीय निकाय सञ्चालन गर्न सहजता भएको छ । यस नगरपालिकामा विकासका सम्भावनाहरु धेरै छन् । कृषि, उद्योग–ब्यापार, पर्यटनलाई यहाँका नागरिकको आम्दानीको स्रोत बनाउन सकिन्छ । खुला दिसा मुक्त तथा पूर्ण खोप युक्त नगरपालिका धोषणा भै सकेको यो नगरपालिका अव पूर्ण साक्षर युक्त नगरपालिका तर्फ लम्की रहेको छ ।