सोनाम ल्होछार | |
---|---|
![]() | |
आधिकारिक नाम | सोनाम ल्होछार |
अनुयायी | तामाङ जाति |
महत्त्व | नयाँ वर्ष आरम्भ |
परिपालन | आफन्त भेटघाट, झाकि, सांस्कृतिक कार्यक्रम |
मिति | माघ शुक्ल प्रतिपदा |
सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो तथा अन्य मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो । यो चाड बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । सोनाम लोसार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसको कुनै पात्रो छैन । औपचारिक रूपमा मनाइने नयाँ वर्ष ग्याल्पो लोसार हो । तामाङहरूले पनि सोनाम लोसार नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होसार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै: मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।