![]() | |
![]() --> | |
साइटको प्रकार | वेब खोज संयन्त्र , र ब्राउजर |
---|---|
उपलब्ध भाषा | रूसी |
मालिक | रोसतिलिकोम |
युआरएल | sputnik.ru |
अलेक्सा क्रम | ![]() |
व्यवसायिक | हो |
दर्ता | वैकल्पिक , नि:शुल्क |
चालु भएको मिति | २२ मे २०१४[२] |
स्पुतनिक (रुसी: Спутник) सरकारी स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी रोसतिलिकोमद्वारा विकसित एक रूसी राष्ट्रिय खोज संयन्त्र तथा इन्टरनेट पोर्टल हो।[३][४] यो परीक्षण संस्करणमा २२ मे, २०१३ मा सेण्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चको रूपरेखामा प्रस्तुतीकरणको साथ सार्वजनिक गरिएको थियो[५] [६]
सन् २०१० को अन्त्यमा, रूसी सरकारले सामान्य उद्देश्यका लागि राष्ट्रिय खोज प्रणाली बनाउने परियोजनाका लागि रकम विनियोजन गर्न चाहेको घोषण गरेको थियो।[७]
सन् २०११ को सुरुवातमा डिमित्री मेदभेदेभ, जो त्यस समय रूसी राष्ट्रपति थिए, उनले रूसमा आफ्नै खोज संयन्त्रको सृजना विचारलाई समर्थन गरेका थिए।[८] त्यस समयमा, सार्वजनिक खोज इञ्जिन सङ्घीय कार्यक्रम "इलेक्ट्रोनिक सरकार" अन्तर्गत सृजना गर्ने योजना बनाइएको थियो। उक्त खोज संयन्त्र सन् २०११ मा सुरुवात गर्ने योजना बनाइएको थियो।[९]
"स्पुतनिक" नामको खोज संयन्त्र सृजना गर्ने बारेमा सन् २०१३ को अन्त्यमा घोषणा गरिएको थियो,[१०] र यसको प्रक्षेपण सन् २०१४ को पहिलो महिना तिरनै गर्ने योजना गरिएको थियो। यो खोज संयन्त्र उदयको सर्तहरू मध्ये एक गैर-राज्य खोज संयन्त्र नियन्त्रण गर्न असमर्थ रहने (खासगरी तिनहरूको समाचारहरू) बताइएको थियो।[३][४]
२२ मे २०१४ परियोजना "स्पुतनिक" सेण्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा अलेक्सी बसोभद्वारा रूपरेखामा प्रस्तुत गरिएको थियो।[१०] सोही दिन खोजी संयन्त्र "स्पुतनिक" लाई खुल्ला परीक्षण संस्करणको रूपमा सुरूवात गरिएको थियो स्पुतनिकका खुला परीक्षण संस्करण, परीक्षण निर्देशकले मञ्चमा थप विकास वास्तविक व्यक्तिहरूसँगको कुराकानी बिना असम्भव रहने र परीक्षण संस्करणको परीक्षण अन्त्यको बारेमा प्रतिवेदन तयार नगरिने बताएका थिए।[८] सेण्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा टम बासले आफ्नो भाषणमा खोज संयन्त्र बढ्नको लागि व्यापक क्षेत्र भएको र रूसका ४०% जनसङ्ख्या, इण्टरनेट प्रयोग गर्दैनन् वा यसलाई विरलै प्रयोग गर्दछन् र समाजमा इण्टरनेटको बढ्दो एकीकरणको साथ, सामाजिक सेवाहरूको माग पनि बढ्ने कुरा उनले व्यक्त गरेका थिए।[११]
पहिलो दिनमै स्पुतनिकको गृहपृष्ठ पाँच लाख भन्दा बढी मानिसहरूले अवलोकन गरेका थिए र पहिलो हप्तामै वेबसाइटले करिब २० लाख मानिसहरूको अवलोकन प्राप्त गरेको थियोे।
सन् २०१७ सम्ममा, यो परियोजना एक असफलताका रूपमा लिइयो र केवल सरकार समर्थनको कारणले धानिएको भनेर भनिएको थियो।
सन् २००६ देखि "केएम मिडिया" कम्पनीका कर्मचारीहरूबाट जानकारी पुनः प्राप्तिका लागि समर्पित टोलीहरूले आफ्नै खोज संयन्त्र विकसित गरेको जानकारी दिएका थिए।[३] सन् २०१२ मा यसलाई रोसटेलकमद्वारा खरीद गरिएको थियो जसले सहायक आरटिकमको प्रयोग गरेको थियो।[३][४] अक्टोबर २०१३ सम्ममा इण्टरनेट रूसको आधा भागमा अनुक्रमित गरिएको थियो, र सन् २०१४ सम्ममा अनुक्रमणिकाको काम पूरा गरिने अनुमानि गरिएको थियो।[४]
परियोजनाको व्यवस्थापक "रोसटेलिकम" का उपाध्यक्ष एलेक्सी बसोभ नियुक्त भएका थिए। उनी निर्देशक विभाग "स्पुतनिक"का अध्यक्ष बनेका थिए र उनले सेण्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा खोज संयन्त्रलाई प्रस्तुत गरेका थिए।[१२]
कम्पनी "रोसटेलिकम" एक सहायक कम्पनी वा जसले खोज संयन्त्र हो जसले प्रयोगकर्ताहरूलाई सामाजिक सेवाहरू प्रदान गर्न, राज्यका अधिकारीहरूसँग अन्तर्क्रिया गर्नेमा केन्द्रित छ।[६]
रोसटेलिकमका प्रतिनिधि अधिकारीहरूको विवेक अनुसार खोज परिणामहरूको छनोट प्रदान नगरिने घोषण गरेका थिए।[४]
यसले प्रयोगकर्ताहरूका लागि व्यक्तिगत खाता सृजना गर्ने सम्भावनालाई घोषणा गरेको थियो जसलाई "क्रिसमसको रूख" भनिएको थियो।[६] कार्यालयमा प्रमाणहरूको पहिचान, प्रमाणीकरण एकल प्रणाली मार्फत हुनेछ जहाँ प्रयोगकर्ताहरूले सार्वजनिक सेवाहरूको मज्जा लिन सक्नेछन्।[४]
स्पुतनिकको मोबाइल अनुपयोगहरू नि:शुल्क रूपमा एन्ड्रोइड तथा आइओएसमा उपलब्ध छन्।[१३]
यो खोजी संयन्त्र सबै सरकारी आयोग र कम्पनीहरूको लागि मानकको रूपमा प्रयोग हुने योजना बनाइएको थियो।[६][३] तथापि दिमित्री मेदभेदेभको प्रेस सेवा प्रमुख - नताल्या तिमाकोभाले सन् २०१३ मा पूर्वनिर्धारित रूपमा त्यस्तो प्रणाली स्थापना केवल स्वैच्छिक आधारमा हुने बताएका थिए। रोसटेलिकमका प्रतिनिधिहरूले यसकअ बजार विधिहरू मार्फत केवल खोज इञ्जिनलाई प्रोत्साहन गर्ने उद्देश्य राखि यसलाई प्रतिध्वनि गर्दछन् जसमा अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने सम्भावना समावेश गरिएको छैन।[४]
खोजी कार्यको अतिरिक्त, प्रणालीले तीन क्षेत्रहरूमा सेवाहरू प्रदान गर्दछ जसमा सूचना वातावरण" (समाचार दूरदर्शन च्यानलहरूको इण्टरनेट प्रसारण, मौसम पूर्वानुमान आदि समावेश छन्। [६]
दैनिक कार्यहरूमा यसले जागिरको खोजी, औषधि र विशेष अौषधि पसलहरूमा उनीहरूको मूल्य, विशिष्ट ष्टेसनहरूमा तेलहरूको मूल्य तथा सार्वजनिक सेवा तथा सम्बन्धित सेवाहरू यसले नजिकैको सामाजिक सेवाहरूको खोजी र सार्वजनिक सेवाहरूको पहुँच गराउन विशेष मद्दत गर्दछ।[६][४] सूचना सेवा तथा पृष्ठभूमि, सामग्रीहरूको रूपमा उपलब्ध छन्।[१४]
खोज इञ्जिनले निम्न उल्लेखित अतिरिक्त सेवाहरूको खण्ड प्रस्ताव गर्दछ:
१) मौसम: खण्डले संसारभरका सहरहरूमा हालैका मौसमका पूर्वानुमानको बारेमा जानकारी प्रदान गर्दछ।[१५]
२) दूरदर्शन कार्यक्रम: "यस खण्डमा दूरदर्शन कार्यक्रमहरू, चलचित्र घोषणा तथा दूर्दशन कार्यक्रमहरूको तालिका समावेश छ। सेवाले केही दूर्दशन च्यानलहरूको निःशुल्क रूपमा प्रसारण हेर्नको लागि क्षमता प्रदान गर्दछ। [१६] ३) नक्सा: सेवाले ठेगाना डाटाबेस र सङ्गठनहरूको निर्देशिकामा खोजी विकल्पको साथ विस्तृत विश्व नक्शा प्रस्तुत गर्दछ जसमा सडक कार्य पनि समावेश छ।[५] नक्सा सम्बन्धित परियोजनाको आँकडा ओपन ष्ट्रिट म्याप तथा नेचुरल अर्थबाट आउँदछ। सङ्गठनहरूको निर्देशिका २जिआइएस नामक कम्पनीद्वारा प्रदान गरिएको छ।
४) वित्त: खण्डले विनिमय दरहरूको बारमा जानकारी प्रदान गर्दछ र सेवासँग मुद्रा विनिमय दरहरूको मापक पनि रहेको छन्।[१७]
५) मेरो घर बालबालिकाहरूका लागि कार्यक्रम: भविष्यमा यसले थप सेवाहरूको सूची विस्तार गर्ने, नयाँ खण्डहरूको उद्घाटन गर्ने घोषण गरेको थियो। यसले परियोजनाको रूपरेखामा एक भुक्तानी प्रणालीको विकास गर्ने घोषणा गरेको थियो।[४]
रोसटेलिममका टोलीले नयाँ उत्पादको सार्वजनिक ३० सेप्टेम्बर २०१५ मा गरेका थिए। स्पुतनिक ब्राउजर क्रोमियम कोरमा चल्दछ। ब्राउजरमा एक विशेष मोड्युल "पुन: प्राप्ति"को स्थापना गरिएको छ, जसले प्रयोगकर्तालाई साइटहरूबाट विज्ञापन हटाउन मद्दत गर्दछ। वेब स्टुडियो रिभल्भवेब डटरूको परीक्षणका अनुसार, मोड्युलले यसको कार्यको साथ प्रतिलिपि गर्दछ, तर केहि स्थानहरूमा अझै सुधारको आवश्यक छ। खोजीको रूपमा यसले सोही नामको खोजी इञ्जिनको प्रयोग गर्दछ, जुन परीक्षण संस्करणमा रहेको छ र जसमा साइटहरूको डाटाबेस एकदम कमजोर छ।[१८] यसको फाइदाहरूमा, पर्दामा प्रदर्शन हुने सुविधाजनक मात्रा माकप, विज्ञापनको रहित, अश्लील साइटहरूको अनुपस्थिति र बालबालिकाहरूका लागि सुरक्षा लगायतका सामग्रीहरू समावेश छन्। जब बालबालिका शैलौ सक्रिय हुन्छ, ब्राउजरमा एक्कासि ताला लाग्छ र अर्को विशेष ट्याबमा वेबसाइटहरू खुल्छ जबकि सेटिङको सूची मुख्य पृष्ठबाट गायब हुन्छ र पासवर्ड बिना (जुन अभिभावकले अगाडि राख्नुपर्नेछ) खुल्दैन। अनुमतिपत्रले व्यक्तिगत आवश्यकताको लागि पूर्ण रूपमा ब्राउजरको प्रयोगलाई अनुमति दिन्छ जून व्यापारसँग सम्बन्धित छैन। सहयोगी प्रयोगकर्ताहरूको लागि, यसमा तीन महिनाको परीक्षण अवधिको साथ ब्राउजरको विशेष संस्करण उपलब्ध रहेको छ। [१९] ब्राउजर आइओएस, एन्ड्रोइड, विन्डोज र लिनक्सको लागि उपलब्ध छ (एष्ट्र र अल्ट, ब्राउजरको केवल जिओएसटि संस्करणहरूमा)। सार्वजनिकको केहि दिन पछि, संस्करणहरू एप्पल र गुगलका सञ्चालन प्रणालीहरूमा देखा परेको थियो।[४]
सूचना पुनः प्राप्ति प्रणालीको विकासलाई रूसद्वारा रोसटेलिकमलाई हस्तान्तरण गरिएको थियो।[३][९] रोसटेलिकम राज्यको ५३% स्वामित्वकोमा रहेको छ, तथापि विकासमा खर्च भएको रकमको खुलासा गरिएको थिएन।[६][४][२०] [२१]
यसको सुरुवात २२ मे २०१४ मा परीक्षण संस्करण वन बिटाबाट गरिएको थियो। सुरुवातमा यसले १७० जना मानिसहरूलाई जागिर प्रदान गरेको थियो। [६]सन् २०१३ मा, कम्पनीले मेल डटरू, यान्दिक्स, गुगल आदि लगायतका परियोजना विकास विज्ञ कम्पनीहरूलाई आकर्षित गरेको थियो।[३][४]
नोभेम्बर २०१९ सम्म, सिमिलर वेबको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ७१,२९७ अौँ स्थानमा रहेको छ भने रूसमा यसको क्रम ३,९९३ रहेको छ।[२२]
नोभेम्बर २०१९ सम्म, अलेक्सा इन्टरनेटको तथ्याङ्कका अनुसार, यो विश्वव्यापी सर्वाधिक लोकप्रिय वेबसाइटहरूको सूचीमा ७७,९४५ अौँ स्थानमा रहेको छ भने रूसमा यसको क्रम ४,६६५ रहेको छ।[२३]
आधिकारिक वेबसाइट
आधिकारिक वेबसाइट (ब्राउजरमा)