![]() | |
![]() स्मारटोनको ग्राहक सेवा केन्द्र | |
व्यवसाय प्रकार | सार्वजनिक |
---|---|
व्यावसायिक रूप | एसईएचके: 315 |
उद्योग | मोबाइल दूरसञ्चार |
स्थापित | सन् १९९२ |
केन्द्रीय कार्यालय | हङकङ |
सेवा क्षेत्र | |
मुख्य व्यक्ति |
|
ब्रान्डहरू |
|
सेवाहरू | दूरसञ्चार सेवा |
कर्मचारी सङ्ख्या | ![]() |
मूल सङ्गठन | सुन हुङ काइ सम्पत्ति |
सहायक कम्पनीहरू |
|
वेबसाइट | www |
स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनी लिमिटेड व्यापारीक नाम स्मारटोन (सरलीकृत चिनियाँ: 數碼通), मुख्यतया चीनका दुईवटा प्रमुख प्रशासनीक क्षेत्र हङकङ र मकाउमा दूरसञ्चार सेवा प्रदान गर्ने कम्पनी हो जसमा यसले मोबाइल फोन मासिक योजना, मुल्य अभिवृद्धि सेवा र मोबाइल फोन तथा विभिन्न उपकरणहरूको पनि बिक्रीवितरण गर्दै आइरहेको छ।[३] ३० जुलाई २०१४ देखि गृह फाइबर विस्तृत पट्टि इण्टरनेट सेवा तथा विस्तृत पट्टि टेलिफोन सेवाहरू प्रदान गर्दै आइरहेको छ। यसले आफ्नो क्षेत्र भित्र चौँथो पुस्ता तता तेस्रो पुस्ता सञ्जाल सेवा पनि सञ्चालन गर्दछ। स्मारटोन हङकङमा आधारित बहु-उद्योग कम्पनी सन हुङ काईको सहायक कम्पनी हो।
यसले सेवा विमोसप्र ९००, विमोसप्र-१८००, डब्ल्यू-सिडिएमए (२१०० मेगाहर्ज आवृत्ति) र एलटिई-२६०० मा ब्राण्ड नाम स्मारटोनले सेवा सञ्चालन गर्दछ। कम्पनी हङकङमा मोबाइल फोन सञ्चालक हो। स्मारटोन बहु उद्योग कम्पनीको रूपमा हङकङ सेयर बजारमा, हङकङको प्रमुख ४ वटा दूरसञ्चार प्रदायकहरू मध्ये सूचीकृत छ। सन् २०१६ का अनुसार यसका हङकङमा ३१ वटा बजार रहेको छ भने हङकङ टापूमा ८ वटा, काउलुनमा ११ वटा र नयाँ क्षेत्रहरूमा १२ वटा बजारहरू रहेका छन्। [४]
कम्पनी सन हुङ काई सम्पत्तिको सहायक कम्पनी हो जसले यसको ७०.९८% को स्वामित्व लिएको छ र यो बर्मुडामा दर्ता भएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एना इन हुन्। आर्थिक वर्ष सन् २०१४/२०१५ मा यसले कुल नाफा ९३५ हङकङ डलर निकालेको थियो। स्मारटोन मोबाइल सञ्चार, स्मारटोन (बिभिआई) मार्फत, अप्रत्यक्ष रूपमा स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनीको पूर्ण सहायक कम्पनी हो। स्मारटोन-कम्युनिकाओस मोभिस एसए वा स्मारटोन मकाउ, स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनीको ७२% स्वामित्वमा रहेको छ।[५]
स्मारटोनलाई सुन हङ काई सम्पत्ति र एबिसी सञ्चारले सन् १९९२ मा सुरुवात गरेका थिए। यसले आफ्नो सेवा मार्च १९९३ मा एसिया तथा हङकङको पहिलो विश्वव्यापी मोबाइल सञ्चार प्रणाली सञ्जालको रूपमा सेवा सञ्चालन गरेको थियो। मार्च १९९८ मा यसले पि प्लस सञ्चारको अधिग्रहण गरेको थियो जसले गर्दा यसले अर्को ब्राण्ड एक्स्ट्रा प्रयोग विश्वव्यापी मोबाइल सञ्चार प्रणाली १८०० को लागि गरेको थियो। ब्राण्ड एक्स्ट्रा सन् २००२ मा समाप्त भयो र स्मारटोनको दोहोरो ब्याण्ड सञ्जालसँग समायोजन भयो।[६]
बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनसँग डिसेम्बर २००४ मा यसले साझेदारी सम्झौता गरेको थियो र त्यस लगत्तै नयाँ ब्राण्ड "स्मारटोन-भोडाफोन" आधिकारिक रूपमा अप्रिल २००५ मा, सुरुवात गरिएको थियो। यो ब्राण्ड हङकङमा मात्र प्रयोगमा ल्याइएको थियो। स्मारटोनले वास्तविक ब्राण्ड नाम मकाउमा पनि सञ्चालनमा ल्याएको थियो। [७]
१९ सेप्टेम्बर २०११ मा, स्मारटोन दूरसञ्चार नियन्त्रक कम्पनी लिमिटेडले भोडाफोनसँगको बजार सहयोगलाई नवीकरण नगर्न घोषणा गरेको थियो र डिसेम्बर २०११बाट यसको ब्राण्ड स्मारटोनमा फिर्ता गरिएको थियो।[८]
मार्च १९९३ – एसियाको पहिलो विश्वव्यापी मोबाइल सञ्चार प्रणाली मोबाइल सञ्जालको सुरुवात
डिसेम्बर १८९३ – एसियाको पहिलो स्वचालित-विश्वव्यापी मोबाइल सञ्चार प्रणाली रोमिङ सेवाको सुरूवात
डिसेम्बर २००२ –स्मारटोन इनको सुरुवात, ग्राहकहरूको लागि एक स्वामित्व उन्नत बहु मिडिया सेवा मोबाइल पोर्टलको सुरूवात।[९]
सेप्टेम्बर २०१४ – आर्थिक वर्षको सन् २०१३/२०१४ को प्रतिवेदन प्रकाशित
डिसेम्बर २००४ – तेस्रो पुस्ता सञ्जालको सुरुवात
जुलाई २०९७ – कुनै पनि तेस्रो पुस्ता सहितको फोनको प्रयोग गर्दा ग्राहकले फ्ल्यास श्रव्य दृश्य प्रवाह गर्न सक्षम बनाउने विश्वको पहिलो कम्पनी बनेको थियो।
अप्रिल २०१० – २८.८ मेगाबाइट प्रति सेकेण्डको इण्टरनेट गति
सेप्टेम्बर २००१ – हङकङका सफलतापूर्वक तेस्रो पुस्ता अनुमतिपत्रको बोली
मार्च २०११ – तेस्रो पुस्ताको लागि ८५० मेगाहर्ज आवृत्तिको लिलामीमा सफलता हासिल। [१०]
अगष्ट २०१२ – १८०० मेगाहर्ज आवृत्ति सहितको, चौँथो पुस्ता सञ्जालको सुरुवात गरियो जसले हङकङमा उपलब्ध सबै स्मार्टफोनहरूलाई समर्थन गर्दछ।[१०]
सेप्टेम्बर २०१२ मा – आईफोनमा चौँथो पुस्ता प्रस्ताव गर्न एप्पलद्वारा स्वीकृति प्राप्त एकमात्र मोबाइल सञ्जाल सञ्चालन बनेको थियो
नोभेम्बर २०१२ – एमटिआर टापूमा चौँथो पुस्ता दीर्घकालीन सञ्जाल सञ्चालन र सबै सुरुङहरूमा सञ्जालको विस्तार।[११]
नोभेम्बर २०१६ – एरिक्सनसँग ५ वर्षे पाँचौ पुस्ता सञ्जाल साझेदारी सम्झौतामा हस्ताक्षर।[१२][१३]
जुलाई २००१ – मकाउमा विश्वव्यापी मोबाइल सञ्चार प्रणालीको सुरुवात।
जुलाई २०१० – मकाउमा तेस्रो पुस्ता सञ्जालको सञ्चालन
नोभेम्बर २०१५ – मकाउमा चौँथो पुस्ता सञ्जालको सुरुवात।[१४]