हिन्दु धर्मसँग संबन्धित शब्दावलीहरु यहाँ प्रस्तुत गरिएको छ।
अग्नी : आगोका देवता
अगस्त्य : महान सन्त
अच्युत : विष्णु भगवानको अर्को नाम
अजातशत्रु : शत्रु नभएको, युधिष्ठिरलाई जनाउन प्रयोग हुने शब्द
अप्सरा : स्वर्गमा इन्द्र भगवानको दरवारमा नाच्ने सुन्दरी
अमरावती : इन्द्र लोक, इन्द्रको शहर
अमृत : खानेकुरा वा पिउनेकुरा जसले अमर बनाउछ, देवताको आहारा
अयोध्या : राम राज्यको राजधानी
अर्जुन : राजा पाण्डु र रानी कुन्तीका छोरा, पाण्डवहरू मध्ये तेस्रा भाइ, कुरुक्षेत्र मा श्रीकृष्णले अर्जुनका भ्रम र् जिज्ञाशाहरूलाई समाधान गर्दाका प्रशङ्ग श्रीमद्भगवद गीता मा उल्लेख छ।
अरुंधति : ऋषि वशिष्ठकी श्रीमती
अश्वमेध : घोडाको बली
अस्त्र : दैवी शक्तिद्वारा प्रहार गरिएको हतियार
अक्षयपत्र : युधिष्ठिरलाई भगवान सूर्यले दिएको कहिल्यै खाना नसकिने भाँडा
आत्मा : जीवनको शरीर बाहेकको तत्व जुन कहिल्यै नाशिदैन।
इन्द्र : स्वर्गका राजा, देवताहरुका राजा
ईश्वर : भगवान
एकलव्य : तल्लो जातको भनेर गूरु द्रोणाचार्यले शिक्षा दिन अस्वीकार गरे पनि अर्जुन कै समान ज्ञान आर्जन गरेका व्यक्ति
उर्वसी : एक जना अप्सरा
ऋग्वेद : चार वेदहरूमा सबैभन्दा पवित्र मानिने हिन्दू वैदिक मन्त्रहरूको संगालो
ऋषि : श्रुति ग्रंथको दर्शन गर्न सक्ने व्यक्ति
ॐ : हिन्दू सनातन धर्मको सबैभन्दा पवित्र ध्वनि
कलि : महाभारत युद्धको अन्त्य सँगै सुरु भएको युग; सत्य, त्रेता, र द्वापर सहित ४ मध्येको १ युग
कंस : श्रीकृष्णका मामा
कल्कि : विष्णु भगवानको १० औँ अवतार जुन कलि युगको अन्त्यमा घोडामा चढेको मानवको रूपमा देखिने छ
कामधेनु : सबै गाईहरूको माता, पालकको सबै इच्छाहरु पुरा गरिदिने अलौकिक गाई
कुमार : भगवान शिव र देवी पार्वतीका छोरा जसले तारकाशुरको वध गरे
कुरुक्षेत्र : पाण्डव र कुरु वंशीयहरूको घमासान युद्ध भएको मैदान
कैलास : भगवान शिवको बासस्थान, हिन्दूहरुका साथै बौद्ध र जैनहरूले पवित्र मान्ने पर्वत शृङ्खला, एसियाका नदीहरूको उद्दगम स्थल
गणपति : गणेश, भगवान शिव र देवी पार्वतीका दोस्रा छोरा, सम्पतिका देवता
गंगा : हिन्दूहरूले देवी मान्ने पवित्र नदी
गणेश : गणपति, भगवान शिव र देवी पार्वतीका दोस्रा छोरा, सम्पतिका देवता
चक्र :
चित्रकूट : राम, सीता आदिले वनवासको साँढे ११ वर्ष बिताएको पहाडी जङ्गल
च्यवन : एक ऋषि
जनक : मिथिला राज्यका राजा, देवी सीताका पिता
जय : धृतराष्ट्रका छोरा जो युद्धमा भीमद्वारा मारिए
जाम्बवान : त्रेता युगदेखि कलि युगसम्म जीवित मानिने एक भालु
दीपावली : दीप वा बत्ती वा उज्यालोको पर्व
देव : देवता, भगवान
देवकी : श्रीकृष्णकी आमा
द्रौपदी : अग्नीबाट जन्मिएकी द्रुपद राजाकी छोरी, पञ्चपाण्डवहरूका पत्नी
धर्म :
धर्मपुत्र : यमका छोरा, युधिष्ठिरलाई जनाउन प्रयोग हुने शब्द
नकुल : राजा पाण्डु र रानी माद्रीका छोरा; पञ्चपाण्डवहरू मध्ये चौथा
ब्रह्मा : जगत सृस्टिकर्ता
ब्राह्मण : हिन्दूहरूको ४ वर्ण मध्येको एक
बृन्दावन : भगवान श्रीकृष्णले बाल्यकाल बिताएको ठाउँ
बृहस्पति : देवता तथा ब्राह्मणका गुरु
भक्ति :
भगीरथ :
भजन : हिन्दू आस्थाका धार्मिक गीत
भीम : राजा पाण्डु र रानी कुन्तीका माहिला छोरा; पञ्चपाण्डवहरू मध्ये एक
भीष्म : सान्तनुका छोरा, महाभारतमा कुरुहरूको तर्फबाट युद्ध गरेका महान योद्धा
यम : मृत्युका देवता
यमुना : समानान्तर बगेर गङ्गामा मिल्ने नदी
यशोदा : भगवान श्रीकृष्णको पालन पोषण गर्ने आमा
यक्ष :
यज्ञ : देवतालाई प्रशन्न पार्न अग्निमा विभिन्न सामग्री अर्पण गरिने वैदिक प्रकृया
युधिष्ठिर : राजा पाण्डु र रानी कुन्तीका जेठा छोरा; पञ्चपाण्डवहरू मध्ये एक
योग : आत्माज्ञान प्राप्त गर्न गरिने आध्यात्मिक कर्म; कर्म योग, भक्ति योग, ज्ञान योग, र राज योग मध्ये एक; शारीरिक कसरतका आसनहरु
राम : विष्णु भगवानको सातौँ अवतार
रामायण : वाल्मिकीले लेखेको अयोध्याका श्रीराम र सीताको कथा
रुद्र : भगवान शिवको एक रुप; प्रकृति, मृत्यु, हुरी आदिका देवता
सहदेव : राजा पाण्डु र रानी माद्रीका छोरा; पञ्चपाण्डवहरू मध्ये पाचौँ
हंस :
हनुमान : वुद्धिमान र शिक्षित बाँदर, भगवान राम भक्त, वायु र अन्जनाको सन्तान, त्रेता युगमा आफ्नो विशिष्ट क्षमताबाट लंकामा सीतालाई राखेको ठाउँ पत्ता लाउने
हरि : विष्णु भगवानको अर्को नाम
हृषीकेश : भगवान विष्णु, भगवान कृष्णको अर्को नाम
ज्ञान : अनन्तको सत्यतथ्य जानकारी