![]() | |
आदर्श वाक्य | सत्यको सङ्गीत |
---|---|
प्रकार | सार्वजनिक |
स्थापना | सन् १८९९ |
Principal | डा. अञ्जु श्रीवास्तव |
एकेडमिक कमचारीहरू | १२० |
विद्यार्थीहरू | २५०० |
स्थान | इक्वेलेभ विश्वविद्यालय, नयाँ दिल्ली २८°४१′३.२१″उ ७७°१२′३९.६५″पू / 28.6842250°N 77.2110139°E |
क्याम्पस | नगरीय |
Affiliations | दिल्ली विश्वविद्यालय |
वेबसाइट | hinducollege |
![]() |
हिन्दू कलेज भारतको सबैभन्दा पुरानो तथा प्रसिद्ध कलेजहरू मध्ये एक हो।[१][२] यस कलेजको स्थापना सन् १८९९ मा भएको थियो। यो दिल्ली विश्वविद्यालयसँग सम्बद्ध छ। सन् १८९९ मा स्थापित, यो भारतमा कला र विज्ञानको लागि सबैभन्दा पुरानो कलेजहरू मध्ये एक हो। यस कलेजले विज्ञान, मानविकी, सामाजिक विज्ञान र वाणिज्यमा स्नातक र स्नातकोत्तर कार्यक्रम प्रदान गर्दछ। सन् २०२० मा यो मानव संसाधन विकास मन्त्रालय (भारत सरकार) को अधीनमा रहेको राष्ट्रिय संस्थान रेङ्किङ फ्रेमवर्कद्वारा राष्ट्रिय स्तरमा तेस्रो स्थानमा रहेको छ।[३] यस कलेजलाई विज्ञान र प्रविधि मन्त्रालय (भारत सरकार) द्वारा जैव प्रौद्योगिकी विभागको लागि 'स्टार कलेज' को दर्जा प्रदान गरिएको छ।[४] यस कलेजले कानून, अर्थशास्त्र, विज्ञान, मनोविज्ञान, व्यापार, दर्शन, साहित्य, सञ्चार, चलचित्र, सैन्य, खेलकुद र राजनीतिको क्षेत्रमा धेरै उल्लेखनीय पूर्व विद्यार्थी उत्पादन गरेको छ। हिन्दू कलेजले सबै धर्मका विद्यार्थीहरूलाई यसको नामको बाबजुद पनि भर्ना लिने गर्दछ।
हिन्दू कलेजको स्थापना सन् १८९९ मा कृष्ण दासजी गुरवालेद्वारा बेलायतको विरुद्ध राष्ट्रवादी सङ्घर्षको पृष्ठभूमिमा गरिएको थियो।[५] यसको स्थापनाकालमा राय बहादुर अम्बा प्रसाद, गुरवाले सहित केही प्रमुख नागरिकहरूले एक शैक्षिक संस्थानको सुरुवात गर्ने निर्णय गरेका थिए जसको मुल उद्देश्य गैर-अभिजात्य र गैर-साम्प्रदायिक युवाहरूलाई राष्ट्रवादी शिक्षा प्रदान गर्नु थियो। मूल रूपमा कलेज किनारी बजारको चाँदनी चोकमा एक साधारण भवनमा स्थित थियो भने दिल्लीमा कुनैपनि विश्वविद्यालय नभएका कारण यसले पञ्जाब विश्वविद्यालयबाट सम्बद्धता प्राप्त गरेको थियो। कलेजका शैक्षिक कार्यक्रमहरू बढ्दै जाँदा यसले सन् १९०२ मा ठूलो सङ्कटको सामना गरेको थियो। कलेजले उचित भवन नपाएको भन्दै पञ्जाब विश्वविद्यालयले कलेजलाई चेतावनी समेत दिएको थियो। राय बहादुर लाला सुल्तान सिंह कलेजलाई यस सङ्कटबाट बचाउनका लागि कर्णेल जेम्स स्किनरको सम्पत्ति सहित आफ्नो ऐतिहासिक सम्पत्तिलाई पनि कलेजको नाममा गरिदिएका थिए जसकारण कलेज सन् १९५३ सम्म चलेको थियो।[६] सन् १९२२ मा दिल्ली विश्वविद्यालयको स्थापना पश्चात् रामजस कलेज र सेन्ट स्टिफन कलेजका साथ हिन्दू कलेजलाई पनि दिल्ली विश्वविद्यालयसँग सम्बद्ध गरिएको थियो जसले उनीहरूलाई विश्वविद्यालयसँग सम्बद्ध हुने पहिलो तीन शैक्षिक संस्थान बनाएको थियो।[७]
हिन्दू कलेज भारतको स्वतन्त्रता अभियान तथा भारत छोड आन्दोलनको समयमा बौद्धिक तथा राजनीतिक बहसको एक महत्त्वपूर्ण केन्द्र बनेको थियो। यो दिल्लीको एकमात्र कलेज हो जसमा सन् १९३५ देखि एक विद्यार्थी संसद छ जसले महात्मा गान्धी, मोतीलाल नेहरू, जवाहरलाल नेहरु, सरोजिनी नायडू, एनी बेसन्त, मोहम्मद अलि जिन्ना र सुभाषचन्द्र बोस सहित धेरै राष्ट्रिय नेताहरूलाई प्रेरित गर्न एक मञ्च प्रदान गरेको थियो। सन् १९४२ मा गान्धीको भारत छोडो आन्दोलनको प्रतिक्रियामा कलेजले भारतको स्वतन्त्रता अभियानमा महत्वपूर्ण भूमिका निभाएको थियो भने यस समयमा कलेजका केही शिक्षक र विद्यार्थीहरूलाई गिरफ्तार गरिएको थियो जसकारण कलेजले थुप्रै महिनासम्म आफ्नो प्रवेशद्वार बन्द राखेको थियो।