सन् २०२० को सेयर बजार क्र्यास २० फेब्रुअरी २०२० मा सुरु भएर ७ अप्रिल मा अन्त्य भएको विश्वव्यापी सेयर बजार क्र्यास थियो।[१][२][३]
यो क्र्यासले अल्पकालीन बियर मार्केट बनाएपछि सन् २०२० को अप्रिलमा विश्वव्यापी सेयर बजार पुनः बुल बजारमा प्रवेश गरेको थियो। यद्यपि अमेरिकी बजार परिसूचक जनवरी २०२० को स्तरमा फर्कन नोभेम्बर २०२० सम्म समय लागेको थियो।[४][५][६][७] यो सेयर बजार क्र्यासले कोभिड १९ आर्थिक मन्दीको सङ्केत गरेको थियो।