![]() | |
साइटको प्रकार | सामाजिक सञ्जाल सेवा |
---|---|
संस्थापित | जनवरी १, २००५ |
मुख्यालयहरू | क्यापिटफ हिल, सियाटल, वासिङ्टन |
मालिक | ल रोबट को-अप |
सर्जक | द रोबट को-अप |
युआरएल | 43things.com |
अलेक्सा क्रम | ![]() |
व्यवसायिक | हो |
दर्ता | बैकल्पिक |
थिङ्स एक सामाजिक सञ्जाल सेवा वेबसाइट तथा सेवा हो जसलाई एक अनलाइन लक्ष्य निर्माता समुदायको रूपमा स्थापना गरिएको थियो।[२] स्पष्ट पारस्परिक सूत्रहरू सृजना गर्नुको सट्टा यसलाई ट्यागको सिद्धान्तहरूमा निर्माण गरिएको थियो जसलाई फ्रेण्डष्टर र अर्कुटले अनुसरण गर्दछन्। प्रयोगकर्ताहरूले खाताहरू सृजना गरी त्यसपछिका लक्ष्य वा आशाहरूको सङ्ख्यालाई सूचीबद्ध गर्न सक्दछन्। यी लक्ष्यहरूलाई एक शाब्दिक विश्लेषणहरूद्वारा वाक्यात्मक पदपरिचयको रूपमा उल्लेख गरिएको थियो र अन्य व्यक्तिको लक्ष्यहरूसँग जोडिएको थियो जसलाई समान शब्दहरू वा विचारहरूसँग निर्माण गरिएको थियो। प्रयोगकर्ताहरूले वेबसाइटको नाम जस्तै ४३ वटा लक्ष्यहरूको निर्माण गर्न, अन्य प्रयोगकर्ताहरूको सूची अन्वेषण गर्न र उनीहरूको लक्ष्यहरू प्राप्त गर्दा खुशी बनाउनका लागि प्रोत्साहित पनि गर्न सक्दछन्।
४३ थिङ्सको वेबसाइटलाई सन् २०१५ को नयाँ वर्षको दिनमा निष्कृय गरिएको थियो। सन् २०१७ मा सोही नाम प्रयोग गरी अर्को वेबसाइट देखा परेको थियो। यो साइट उनीहरू मूल ४३ थिङ्सको वेबसाइटसँग सम्बन्धित नभएको जानकारीको सार्वजनिक गरिँदै वेबसाइटलाई सन् २०१८ को जुलाईमा बन्द गरिएको थियो।
४३ थिङ्सलाई १ जनवरी २००५ मा, एक सिएटलमा आधारित सानो कम्पनी रोबट को-अप, ब्लगर र विकासकर्ता बष्टर बेन्सन (एन एरिक बेन्सन), मक्तुबका कीबोर्ड वादक डेनियल स्पील्स, पूर्व अमेजन डटकम र माइक्रोसफ्टका कार्यकारी जोस पिटरसनद्वारा स्थापित गरिएको थियो। ४३ थिङ्स डटकम १५ अगष्ट २०१४ मा पढ्नका लागि मात्र उपलब्ध भएको थियो भने १ जनवरी २०१५ यो पूर्णरूपमा बन्द भएको थियो। अप्रिल २०१७ मा, यसकै एक प्रतिलिपि साइटको सुरू गरिएको थियो। मूल साइटसँग उक्त प्रतिलिपी गरिएको वेबसाइटको कुनै सम्बन्ध रहेको थिएन तर मूल साइटको नाम र विचारहरूलाई यसले प्रतिलिपि गरेको थियो। उक्त प्रतिलिपि साइटले यसको नामलाई ड्रिम्सा डटकममा परिवर्तन गरेको थियो तर सन् २०१८ को बीचमा यसलाई पनि निष्कृय पारिएको थियो। जनवरी २०१९ सम्ममा डोमेन नाम ४३ थिङ्स डटकम एक डोमेन नाम दर्ताकर्ताको स्वामित्वमा रहेको थियो तर यो स्थानान्तरण योग्य भने रहेको थिएन।
४३ थिङ्सको एउटा सामुदायिक अध्ययन अनुसार यसका दुईवटा प्रमुख कमजोरीहरू रहेका थिए जुन यस प्रकारको छ:
तथापि, प्रतिक्रियावादी र प्रयोगकर्ताहरूको सुझाव एकीकरणको सम्बन्धमा यसले ठोस समीक्षा प्राप्त गरेको थियो।
सन् २००५ मा, ४३ थिङ्सले सर्वश्रेष्ठ सामाजिक सञ्जाल वेबसाइटको लागि वेबी पुरस्कार प्राप्त गरेको थियो। [४]